नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । पशुपति क्षेत्र विकास कोष महाशिवरात्री पर्व व्यवस्था मूल समितिले आज पत्रकार सम्मेलन गरेर महाशिवरात्री पर्वको लागि सुरक्षा व्यवस्था, दर्शन व्यवस्था, जुत्ता चप्पल व्यवस्था लगायतका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
महाशिवरात्रि पर्वका लागि लक्षित गरी आवश्यक व्यवस्था मिलाइनुका साथै पशुपति क्षेत्रमा महानगरपालिका, प्रहरी तथा स्वयम्सेवकबाट बागमती नदीको सरसफाइ समेत गरिसकिएको छ । यस पटक पनि रु एक हजारको सशुल्क दर्शन कायमै राखिएको र यसबाट करिब तीन हजार ५०० दर्शनार्थीले दर्शन गर्ने अपेक्षा गरिएको बताइएको छ ।
शिवरात्रीका दिन आईतबार बिहान ३ बजेदेखि पशुपतिका चार वटै ढोका खोलिने र दर्शनको लागि ३ वटा लाइनको व्यवस्था गरिने बताइएको छ । शिवरात्रिका दिन रातभरि पशुपतिनाथको दर्शन गर्न सकिने व्यवस्था मिलाइएको र उक्त दिन पहिलोपटक नेपाली सेनाले हेलिकोप्टरबाट पशुपतिनाथ क्षेत्रमा पुष्पवृष्टि गर्ने कार्यक्रम रहेको बताइएको छ ।
विगतका वर्षझैँ यस वर्ष पनि अस्थायी स्वस्थ्य शिविरको व्यवस्था, सञ्चार सहजीकरणका लागि नेपाल दूर सञ्चारले छुट्टै टावरको व्यवस्था गरेको छ । सर्वसाधारणको सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी गरी ५२ सय सुरक्षाकर्मी परिचालन गरिनेछ ।
पशुपतिका विभिन्न स्थानमा गरी ६५ वटा सि.सि. टिभी जडान गरिएका छन् । यसपाली शिवरात्रीको तयारीका ७० देखि ७५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
साधु सन्त बाहेक अन्य व्यक्तिलाई मन्दिर प्राङ्गगणमा गाजा सेवन गर्न बन्देज लगाईएको बताइएको छ । मन्दिरको दर्शनका लागि स्वदेश तथा विदेशबाट आउनेहरुलाई खानपानको राम्रो व्यवस्था मिलाइएको छ ।
No comments :
Post a Comment