Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बाबुरामको विरोधपछी महासचिव बन्न नपाएका महाराले बोगटीलाई 'कु' गर्ने

Tuesday, 19 March 2013

बाबुरामको विरोधपछी महासचिव बन्न नपाएका महाराले बोगटीलाई 'कु' गर्ने


बाबुरामको विरोधपछी महासचिव बन्न नपाएका महाराले बोगटीलाई 'कु' गर्ने



६ चैत, काठमाडौ । हेटौडामा सम्पन्न महाधिवेशनमा बाबुरामको विरोधपछी महासचि बन्न नपाएका नेता कृष्णबहादुर महराले पार्टी महासचिव पोष्टबहादुर बोगटीलाई कू गर्ने तयारीमा लागेका छन् । 
पार्टीको भोलीदेखी सुरू हुने केन्द्रिय कमिटिको बैठकलाई केन्द्रित गरि नेता महराले बोगटीलाई कू गर्ने तयारी गरेको समाचारले एमाओवादीभित्र निकै हलचल मच्चिएको एक साप्ताहिकमा खबर छापिएको छ । प्रचण्ड निकट केही युवा नेताहरूलाई साथमा लिएर नेता महराले महासचिव बोगटीलाई कू गर्ने तयारी गरेका हुन् । महराको पक्षमा शक्ति बस्नेतदेखी युवराज चौलागाईँसम्मका नेताहरूले केन्द्रीय समितिअघि नै महरालाई महासचिवमा सुनिश्चीत गर्न लविङ गर्ने लगभग निश्चित भएको छ । 
महाधिवेशनमा बाबुरामको विरोधपछी महासचिवको पद हत्याउन नपाएका महराले अहिले भने बाबुरामलाई चुनौती दिँदै बोगटीलाई कू गर्ने प्रयत्नमा लागेका हुन् । कहिले वैद्यतिर टास्सिने त कहिले प्रचण्डतिर टास्सिने गरेको भन्दै बाबुरामले महरालाई महासचिव हुनबाट रोकेर बोगटीलाई महासचिव बनाएका थिए । बाबुरामले पहिले पनि बोगटीका पक्षमा बोलेका र अब पनि बोगटीलाई नै साथ दिने निश्चित छ । यसरी बाबुरामले पनि बोगटीलाई नै सहयोग गर्ने भएपछि महरा र बोगटी भन्दा पनि बाबुराम र महराबीच टकराव हुने अवस्था देखिएको छ । 
महराले भागबण्डाका आधारमा पाउने सचिव पदमा टोपबहादुर रायमाझी वा गिरिराजमणि पोखरेलकै हैसियतमा नबस्ने भन्दै सचिव पद लिन नमानेका उनी महासचिव पद नै हत्याउने सुरमा लागेका छन् । उनका पक्षमा लागेका नेताहरू बोगटीलाई उपाध्यक्ष बनाएर महरालाई महासचिवमा लैजाने भन्दै लविङ गर्ने बताइएको छ । 
महाराका पक्षमा रहेका नेताहरुले बोगटी महासचिव पद चलाउन समक्ष नभएको बताउँदै महासचिवबाट हटाएर महरालाई ल्याउने सुरमा छन् । महासचिव पद कार्यकारी प्रकृतिको भएकाले त्यसले भातृ संगठन चलाउनुपर्ने र यसका लागी बोगटी त्यसका लागि सक्षम नभएको उनीहरूको तर्क छ ।

No comments :

Get Widget