मृत सागर (Dead Sea)
को बारेमा चर्चा:
मृत सागर (Dead Sea) भौगोलिक
दृष्टिकोणले इजरायल र
जोर्डनको सिमा बिचमा पर्दछ ।
यसको पुर्वमा जोर्डन र पश्चिममा इजरायल
रहेको छ । यो सागरमा जोर्डन नदि र अन्य स-
साना नदिहरु पनि आएर मिसिएका छन । यस
सागरको लम्बाई ४८ माईल र चौडाई ३
देखी ११ माईलसम्मको आकारमा फैलिएको छ
भनें उत्तरदेखी दक्षिणतर्फ लम्बिएर बसेको छ ।
यो मृत सागर सामुन्द्रिक सतहदेखी १२८०
फिट तल गहिराईमा पर्दछ अर्थात
होंचो भागमा पर्दछ । यसको औसत् गहिराई
१३०० फिटसम्म छ । मृत सागरलाई
संसारको सबैभन्दा नुनिलो पानीको भण्डार
मानिन्छ,
किनकी यहाँको पानीमा नुनको मात्रा २६
प्रतिशत भन्दा भढी छ भनें अन्य
सागरको पानीमा नुनको मात्रा ३ देखी ६
प्रतिशत मात्र हुन्छ । वैज्ञानिकहरुको तथ्य
अनुसार मृत सागरको पानीमा नुनको परिणाम
४ करोड टन भएको अनुमान गरिएको छ ।
मृत सागरको पानीको घनत्व साधारण
पानीको तुलनामा १.१८ गुणा बढी छ । मृत
सागर सदियौं देखी उत्सुकता र
जिज्ञासाको पात्र बनेको छ, त्यसैले
पनि यसका अलग-अलग मान्यता र अलग-अलग
धारहरु प्रचलित भएका छन । प्राचिन हिब्रु
भाषामा मृत सागरलाई “थाम हामेलेक”
नामबाट सम्बोधन गरिएको छ । इसाई
धर्मग्रन्थ बाईबल “पुस्तक जेनेसिस”
को वर्णनमा प्राचिन कालमा ५
वटा ठुलठुला नगरलाई यो सागरले डुबाएर नष्ट
भएका थिए जसका भग्नावशेष अरु समुन्द्र भित्र
पनि छन भन्ने जनाईएको छ ।
ऐतिहासिक तथ्य अनुसार, इसाई
धर्मावलम्वीका केही अनुयायीहरु
यो सागरलाई पवित्र सागर मानी यहाँ स्नान
गर्न आउँछन । तर, सागरमा भएको प्रशस्त लवण
(घातक पदार्थ) को प्रभावले उनिहरुको मृत्यु
हुन पुग्यो र जुन कारणले गर्दा नै यस
सागरको नाम मृत सागर “Dead Sea” रहन
गएको बताईएको छ । तर, यहुदीहरुले यसलाई
“प्रशस्त लवणको समुन्द्र” नाम राखे । मृत
सागरलाई धार्मिक महत्वको स्थान मानेर
इसाईहरु आज पनि यहाँ स्नान गर्न आईरहन्छन
।
अनुमान गर्दा यो समुन्द्रमा कुनै पनि जिव,
प्राणी, बनस्पती, खोले झार, लेउ, काई
केही पनि नहुने, अन्य सागर या नदिहरुबाट
आएका माछाहरु पनि यो सागरमा प्रवेश
गर्नासाथ मरिहाल्ने र समुद्री पंछीको आहार
हुने भएकोले यो समुन्द्रलाई “मृत सागर”
भनी नामांकरण गरिएको हुनसक्ने अनुमान गर्न
सकिन्छ । तर, अमेरिकी शोधकर्ता बैज्ञानिक
डा.
बाल्टरद्वारा यो समुन्द्रमा नुनिलो पानीमा
बाँच्न सक्ने सुक्ष्म जिवाणु “हेलोबेक्टिरियम”
भएको पत्ता लागेको छ । जुन जिवाणुले
नुनिलो पानी पिएर सफा पानी निष्कासन
गर्दछ ।
मृत सागरको पानीमा नुनको मात्रा मात्रै
होइन, यहाँ पोटास, म्याग्नेसियम, क्लोराईड
तथा अन्य खनिज र रासायनिक पदार्थ समेत
भएको अनुमान गरिएको छ भनें
इजरायली बैज्ञानिकहरुले यस भित्र
तेलको खानि भएको प्रमाणित गरिसकेका छन ।
यस सागर मुनिबाट खनिज पदार्थ निकाल्ने
उद्देश्यले यसको दक्षिण पश्चिम क्षेत्रको सेडम
भन्ने स्थानमा इजरायलले एक आधुनिक संयन्त्र
स्थापित पनि गरेको छ ।
मृत सागरमा नुहाउँदा:
मृत सागरमा नुहाएपछी मानिषका अनेकन
रोगहरु सन्चो हुने गहिरो मानव विश्वास भएरै
संसारभरका मानिषहरु यो समुन्द्रमा नुहाउन
आउने गर्दछन । अर्को कुरो, मृत
सागरमा नुहाउँदा शरीरमा साबुन लगाउनु
हुँदैन, यदी लगाएमा मृत सागरको पानी र
साबुनको रासायनिक प्रतिकृया भई शरीरै
भरी चुईगम जस्तो पदार्थ लेसिन्छ, तर आत्तिनु
पर्दैन ।
यदी त्यस्तो भएमा त्यहाँ पनि नेपालको जस्तो
कालिमाटी पाईन्छ, सो माटोलाई
शरीरमा दलेपछी लेसिएको सेतो चुईगम
जस्तो पदार्थ फाट्दछ र
सफा पानीको धारामा नुहाएपछी राम्रोसँग
जाने गर्दछ । यस सागरको महिमा बेग्ला-बेग्लै
भएकोले र
खासगरी बिश्वभरका टुरिष्टहरुको सुविधालाई
ध्यानमा राख्दै इजरायल सरकारले हर
किसिमका भौतिक सुविधाहरु सामुन्द्रिक
किनारामै उपलब्ध गराएको छ ।
मृत सागरको माटो:
बैज्ञानिकहरुले मृत
सागरको समुन्द्री तटको माटोको परिक्षण
(Soil Test) गर्दा सो माटोमा “बेरियम”
नामक पदार्थको केही अंश भेटिएको र
सोही बेरियमको असरले गर्दा नुहाउने
मानिषहरुको धेरै किसिमको रोग
निको भएको अनुमान समेत गरेका छन ।
अन्तमा: यदी तपाईं कोही पनि इजरायल
जाँदै हुनुहुन्छ भनें एकपटक मृत सागर “Dead
Sea” मा पौडी खेलेर र नुहाएर
जीबनमा नौलो अनुभव अवश्य बटुल्नुहोस् ।
को बारेमा चर्चा:
मृत सागर (Dead Sea) भौगोलिक
दृष्टिकोणले इजरायल र
जोर्डनको सिमा बिचमा पर्दछ ।
यसको पुर्वमा जोर्डन र पश्चिममा इजरायल
रहेको छ । यो सागरमा जोर्डन नदि र अन्य स-
साना नदिहरु पनि आएर मिसिएका छन । यस
सागरको लम्बाई ४८ माईल र चौडाई ३
देखी ११ माईलसम्मको आकारमा फैलिएको छ
भनें उत्तरदेखी दक्षिणतर्फ लम्बिएर बसेको छ ।
यो मृत सागर सामुन्द्रिक सतहदेखी १२८०
फिट तल गहिराईमा पर्दछ अर्थात
होंचो भागमा पर्दछ । यसको औसत् गहिराई
१३०० फिटसम्म छ । मृत सागरलाई
संसारको सबैभन्दा नुनिलो पानीको भण्डार
मानिन्छ,
किनकी यहाँको पानीमा नुनको मात्रा २६
प्रतिशत भन्दा भढी छ भनें अन्य
सागरको पानीमा नुनको मात्रा ३ देखी ६
प्रतिशत मात्र हुन्छ । वैज्ञानिकहरुको तथ्य
अनुसार मृत सागरको पानीमा नुनको परिणाम
४ करोड टन भएको अनुमान गरिएको छ ।
मृत सागरको पानीको घनत्व साधारण
पानीको तुलनामा १.१८ गुणा बढी छ । मृत
सागर सदियौं देखी उत्सुकता र
जिज्ञासाको पात्र बनेको छ, त्यसैले
पनि यसका अलग-अलग मान्यता र अलग-अलग
धारहरु प्रचलित भएका छन । प्राचिन हिब्रु
भाषामा मृत सागरलाई “थाम हामेलेक”
नामबाट सम्बोधन गरिएको छ । इसाई
धर्मग्रन्थ बाईबल “पुस्तक जेनेसिस”
को वर्णनमा प्राचिन कालमा ५
वटा ठुलठुला नगरलाई यो सागरले डुबाएर नष्ट
भएका थिए जसका भग्नावशेष अरु समुन्द्र भित्र
पनि छन भन्ने जनाईएको छ ।
ऐतिहासिक तथ्य अनुसार, इसाई
धर्मावलम्वीका केही अनुयायीहरु
यो सागरलाई पवित्र सागर मानी यहाँ स्नान
गर्न आउँछन । तर, सागरमा भएको प्रशस्त लवण
(घातक पदार्थ) को प्रभावले उनिहरुको मृत्यु
हुन पुग्यो र जुन कारणले गर्दा नै यस
सागरको नाम मृत सागर “Dead Sea” रहन
गएको बताईएको छ । तर, यहुदीहरुले यसलाई
“प्रशस्त लवणको समुन्द्र” नाम राखे । मृत
सागरलाई धार्मिक महत्वको स्थान मानेर
इसाईहरु आज पनि यहाँ स्नान गर्न आईरहन्छन
।
अनुमान गर्दा यो समुन्द्रमा कुनै पनि जिव,
प्राणी, बनस्पती, खोले झार, लेउ, काई
केही पनि नहुने, अन्य सागर या नदिहरुबाट
आएका माछाहरु पनि यो सागरमा प्रवेश
गर्नासाथ मरिहाल्ने र समुद्री पंछीको आहार
हुने भएकोले यो समुन्द्रलाई “मृत सागर”
भनी नामांकरण गरिएको हुनसक्ने अनुमान गर्न
सकिन्छ । तर, अमेरिकी शोधकर्ता बैज्ञानिक
डा.
बाल्टरद्वारा यो समुन्द्रमा नुनिलो पानीमा
बाँच्न सक्ने सुक्ष्म जिवाणु “हेलोबेक्टिरियम”
भएको पत्ता लागेको छ । जुन जिवाणुले
नुनिलो पानी पिएर सफा पानी निष्कासन
गर्दछ ।
मृत सागरको पानीमा नुनको मात्रा मात्रै
होइन, यहाँ पोटास, म्याग्नेसियम, क्लोराईड
तथा अन्य खनिज र रासायनिक पदार्थ समेत
भएको अनुमान गरिएको छ भनें
इजरायली बैज्ञानिकहरुले यस भित्र
तेलको खानि भएको प्रमाणित गरिसकेका छन ।
यस सागर मुनिबाट खनिज पदार्थ निकाल्ने
उद्देश्यले यसको दक्षिण पश्चिम क्षेत्रको सेडम
भन्ने स्थानमा इजरायलले एक आधुनिक संयन्त्र
स्थापित पनि गरेको छ ।
मृत सागरमा नुहाउँदा:
मृत सागरमा नुहाएपछी मानिषका अनेकन
रोगहरु सन्चो हुने गहिरो मानव विश्वास भएरै
संसारभरका मानिषहरु यो समुन्द्रमा नुहाउन
आउने गर्दछन । अर्को कुरो, मृत
सागरमा नुहाउँदा शरीरमा साबुन लगाउनु
हुँदैन, यदी लगाएमा मृत सागरको पानी र
साबुनको रासायनिक प्रतिकृया भई शरीरै
भरी चुईगम जस्तो पदार्थ लेसिन्छ, तर आत्तिनु
पर्दैन ।
यदी त्यस्तो भएमा त्यहाँ पनि नेपालको जस्तो
कालिमाटी पाईन्छ, सो माटोलाई
शरीरमा दलेपछी लेसिएको सेतो चुईगम
जस्तो पदार्थ फाट्दछ र
सफा पानीको धारामा नुहाएपछी राम्रोसँग
जाने गर्दछ । यस सागरको महिमा बेग्ला-बेग्लै
भएकोले र
खासगरी बिश्वभरका टुरिष्टहरुको सुविधालाई
ध्यानमा राख्दै इजरायल सरकारले हर
किसिमका भौतिक सुविधाहरु सामुन्द्रिक
किनारामै उपलब्ध गराएको छ ।
मृत सागरको माटो:
बैज्ञानिकहरुले मृत
सागरको समुन्द्री तटको माटोको परिक्षण
(Soil Test) गर्दा सो माटोमा “बेरियम”
नामक पदार्थको केही अंश भेटिएको र
सोही बेरियमको असरले गर्दा नुहाउने
मानिषहरुको धेरै किसिमको रोग
निको भएको अनुमान समेत गरेका छन ।
अन्तमा: यदी तपाईं कोही पनि इजरायल
जाँदै हुनुहुन्छ भनें एकपटक मृत सागर “Dead
Sea” मा पौडी खेलेर र नुहाएर
जीबनमा नौलो अनुभव अवश्य बटुल्नुहोस् ।
 
 

 
 
No comments :
Post a Comment