७ चैत, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल कक्षमा अनावश्यक कल 'ब्लफकल'हरू आउन थालेपछि सुरक्षाकर्मी हैरान भएका छन् । यसरी अनावश्यक रूपमा ब्लफकलहरू आउन थालेपछी सुरक्षाकर्मीले फोन नै उठाउन छाडेका छन् । यसरी सुरक्षाकर्मीले फोन उठाउन छाडेपछी सर्वसाधारण भने मारमा परेका छन् ।
सुरक्षाकर्मीलाई ब्लफकल गर्ने अधिकाशं युवतीहरु रहेको सुरक्षाकर्मीहरू बताउँछन् । दिनमा २० भन्दा बढी ब्लफकल आउने गरेको कारण आफूहरूले फोन नै उठाउन छाडेको बताएका छन् । सुरक्षाकर्मीले अहिले अधिकांश समय टेलिफोनको रिसिभर उठाएरै राखेको हुन्छ, त्यसकारण कसैले फोन गर्दा नलाग्ने समस्या छ ।
कन्ट्रोल कक्षमा रहेका प्रहरीले समेत फोन गर्दा मोबाइलबाटै गर्ने गरेका छन् । कन्ट्रोल कक्षको पोष्टपोड मोबाइलबाटै सबैलाई फोन गर्ने गरिएको छ । यता, प्रहरीले कन्ट्रोल कक्षको टेलिफोन सेटको रिसिभर बिजी बनाएर राखेको कारण सर्वसाधारणहरुलाई भने समस्या परेको छ ।

No comments :
Post a Comment