Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बैंकबाट लिएको ऋण सहकारीमा लगानी

Saturday, 23 March 2013

बैंकबाट लिएको ऋण सहकारीमा लगानी

बैंकबाट लिएको ऋण सहकारीमा लगानी
====================

१० चैत, काठमाण्डौं । तुलनात्मक रुपमा प्रतिस्पर्धी रुप्मा चलिरहेको बैंक वित्तीय संस्थाबाट लिइरहेको रकम युवा स्वरोजगार कोष हुँदै धमाधम सहकारी मार्फत बाँडिएको छ । बाबुराम भट्टराई अर्थमन्त्री हुँदा बैंकहरुले अनिवार्य रुपमा विपन्न वर्ग कर्जाअन्तर्गत कुल लगानीको निश्चित रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको थियो । त्यसयता खासै काम गर्न नसकेको कोषलाई भट्टराई प्रधानमन्त्री भएपछि सहकारी मार्फत धमाधम बाँड्न थालिएको हो ।

राष्ट्र बैंकले बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले क्रमशः ४, साढे ३ र ३ प्रतिशतका दरले विपन्न वर्गमा कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त शीर्षक अन्तर्गतको रकमबाट कम्तीमा एक तिहाई कट्टा गरी कोषमा राख्ने निर्णय २०६५ सालबाट भएको हो । त्यसपछि बैंक तथा वित्त कम्पनीले कोषमा रकम जम्मा गर्ने गरेको खबर कान्तिपरि दैनिकले छापेको छ ।

‘कोषमा ३ अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको थियो,’ युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कार्यकारी निर्देशक विनोदप्रसाद गुरागाईले भने, ‘त्यही रकम सहकारी मार्फत अहिले वितरण भईरहेको छ ।’

No comments :

Get Widget