म्यानमारमा पुनः जातीय दङ्ग, १० को मृत्यु
८ चैत, याङ्गोन । समय समयमा जातीय दङ्गा भइरहने म्यानमारमा पुनः बिहीबार यस्तै अर्काे एउटा दङ्गा भड्किएको छ ।
म्यानमारमा बिहीबार भड्किएको हिंसामा परी कम्तीमा पनि १० जनाको ज्यान गएको म्यानमारका अधिकारीहरूले जनाएका छन् । म्यानमारको पश्चिमी राखिनी प्रान्तमा सो हिंसा भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार सो ंहिसामा परी अरुपनि दर्जनौँ नागरिक घाइते भएका छन् ।
सो क्षेत्रमा मुस्लिम धर्मावलम्बी र बौद्धमार्गीबीच सो हिंसा भड्किएको हो । उक्त प्रान्तमा विगतमा पनि यस्तै हिंसा मच्चिने गरेको र त्यसमा परी सयौँ नागरिकको ज्यान जाने गरेको छ ।
म्यानमारको प्रमुख प्रतिपक्षी दल नेशनल लिग फर डेमोक्रेसीका एकजना नेता विन एचटिनले राखिनमा त्यस्तो हिंसा जारी रहेको जनाएका छन् ।उनले सोही प्रान्तको एक सहर मिकटिलाबाट टेलिफोनगरी दिएको जानकारी अनुसार उनले १० वटा शव देखेका थिए ।
साथै सोही क्षेत्रका स्थानीय बासिन्दाहरूले पनि आफुहरूले हिंसा मच्चिएको र त्यसमा परी नागरिक मारिएका देखेको जनाएका छन् । म्यानमारमा विगतदेखि नै अल्पसङ्ख्यक मुस्लिम र बौद्धमार्गीबीच यस्तो हिंसा बिगतमा पनि हुने गरेको छ । गत वर्षमात्र भएको यस्तो हिंसामा परी कम्तीमा पनि ८० जना नागरिकको ज्यान गएको थियो । उनीहरूले एक आपसमा हमला गर्ने र विरोध प्रदर्शन गर्ने गर्दछन् । रासस/एएफपी

No comments :
Post a Comment