Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सञ्जय दत्त २० करोडबाट झरे १० हजारमा

Saturday, 23 March 2013

सञ्जय दत्त २० करोडबाट झरे १० हजारमा

बलिउडका स्टार नायक सञ्जय दत्तलाई अब साढे ३ वर्ष जेलमा बिताउनु पर्नेछ । उनले अदालतले पाँच वर्षको जेल सजाय सुनाएपछी उनी साढे तीन वर्ष जेल सजाय भोग्नु पर्ने भएको हो ।
नायक दत्त जेल जाने भएपछी उनको कमाईमा पनि व्यापक अन्तर आउने भएको छ । वर्षमा करिब २० करोड भारतीय रूपैया कमाउने उनको कमाई अब मात्र १० हजार भारतीय रूपैया हुने भएको छ । तपाईलाई १० हजार मात्र कमाई कसरी हुन्छ भन्ने लाग्न सक्छ । 
यो पैसा उनले चलचित्र खेलेर नभइ जेलमा बस्दा पाउने दैनिक पैसा हो । जेलमा बस्ने कैदीलाई दैनिक रूपमा २५ रूपैया दिइने गरिन्छ । उनको यस हिसाबले वर्षको कमाई करिब १० हजार भारतीय रूपैया हुन आऊँछ तर उनले यो पैसा बिना काम भने पाउने छैनन् । जेल भित्रै रहेर जेलमा अन्य कैदीले जस्तै काम गरेमात्र उक्त रकम पाउने छन् । 
सञ्जय दत्त अहिलेसम्म जेल भने पुगिसकेका छैनन् । अदालतले उनलाई ४ हप्ताभित्र आफूलाई आत्मसमर्पण गर्नका लागि आदेश दिएको छ । हुन त उनलाई आममाफी दिनका लागी जोडतोडका साथ आवाजहरु उठिरहेका छन् । यस विषयमा अदालतले के निर्णय गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

No comments :

Get Widget