Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Saturday, 30 March 2013

समाचार

सप्तरीमा भिषण आगलागी, दर्जन घर जलेर नष्ट

चैत १७ - सप्तरीको रम्पुरा मल्हनियाँमा आज भएको आगलागीमा एक दर्जन घर जलेर नष्ट भएको छ । 

आगलागीबाट करिब रु ५० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । रम्पुरा मल्हनियाँ–२ निवासी इब्राहिम मियाँको घरबाट गएराति सल्केको आगो तत्काल नियन्त्रणमा आउन नसकेकाले स्थानीय नसरुद्दिन मियाँ, जिब्रिल मियाँ, एजुब मियाँ, अनबर मियाँलगायतको १३ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

सो आगलागीमा खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा सखाप हुनुका साथै आधा दर्जन बढी चौपाया जलेका छन् । 

राजविराजबाट गएको वारुणयन्त्र र स्थानीयवासी, प्रहरी, नेपाली सेनाको ठूलो प्रयासपछि सो आगो नियन्त्रणमा आएको स्थानीयवासीहरुले बताएका छन् । 

विगत केही दिनयता सप्तरीमा भएका शृखङ्लाबद्ध आगलगीबाट विभिन्न गाविसका दर्जनाँै घर जलेर नष्ट हुनुका साथै करोडाँैको धनमाल क्षति भइसकेको छ ।

No comments :

Get Widget