Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Saturday, 30 March 2013

समाचार


'वार्ता गर्ने कुनै ठाऊँ छैन्'



७ चैत, भक्तपुर । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले सरकार र चार दलले बोलाएको वार्तामा सहभागी नहुने बताएका छन् । 
भक्तपुरको मनोहरा सुकुम्वासी बस्तिमा अखिल क्रान्तिकारी सुकुम्बासी संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्‍घाटन गर्दै वैद्यले ३३ दललाई सहभागी नगराई गरिएको सहमति खारेज गरेर दलको नेतृत्वमा सरकार बन्नु पर्ने अन्यथा आफूहरुले वार्तामा भाग नलिने बताएका छन् । उनले वार्ता र छलफलमा बस्नका लागि चार दल र सरकारबीचको ११ बुँदे सहमति, बाधा अड्काउ फुकाउ प्रस्ताव, प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने निर्णय खारेज गर्नुपर्ने माग राखेका छन् । 
वर्तमान अन्तरिम चुनावी सरकारले गराउने निर्वाचनमा आफ्नो पार्टीले भाग नलिने समेत प्रष्ट पारेका छन् । उनले अहिलेको निर्वाचनलाई दलहरुले रचेको नौटंकीको संज्ञा दिँदै चार दलको सिण्डिकेटले १० वर्ष क्रान्ति गरेर आएको पार्टी सहित ३३ पार्टीलाई निषेध गरेको आरोप लगाए । उनले अन्तरिम संविधानको गलत ढंगले संशोधन गरेर चैत १ गते चारदलीय सहमतिको नाममा प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर नेपालको इतिहासमा गरिएको अर्को कूलाई नसच्याइएसम्म वार्तामा जानुको कुनै औचित्य छैन् । उनले अहिलेको सरकार चारदलको प्रतिगमनबाट जनमिएको समेत आरोप लगाए । 
वैद्यले चुनाव बिथोल्न नयाँ संघर्षको कार्यक्रम ल्याउने तयारी भइरहेको पनि जानकारी दिए ।

No comments :

Get Widget