नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
१७ चैत, नेपालगञ्ज । जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगतसिंह समूह) ले नेपालगञ्ज जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रम आयोजना गरी नेपाल सरकारलाई बम, बन्दूक र अन्य हतियार बुझाएको छ । सरकारलाई शनिबार बुझाइएका हतियारहरुमा नलकटुवा पिस्तोल १७ थान, सकेट बम १ सय २६ थान, घडीसहितका टाइमबम ५ थान, प्रेसर कुकर बम २ वटा र बारुद २० किलो रहेको छ । त्यसैगरी अटोमेटिक पेस्तोल १ थान, हाते गि्रनेट ६, भरुवा बन्दुक १, १२ बोरको कारतोस २१, तार फ्युज आधार रोल र १२ बोरको बन्दुक ३ वटा रहेका छन् । ३६ गि्रनेट एउटा । डेटोनेटर ५, डाइनामाइड १ थान, श्रीनटथ्री र एसएलआरका गोली २७ र पेस्तोलका गोली ३ थान समेत सरकारलाई जिम्मा लगाइएको छ । वार्ता टोली संयोजक मनोज मण्डल सुवासको नेतृत्वमा हतियार बुझाइएको हो । हतियार जिम्मा लिने कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे,बाँकेका प्रहरी प्रमुख एसपी भूपालकुमार भण्डारी र सशस्त्र प्रहरी सीमा सुरक्षा बलका एसपी वीरेन्द्रराज श्रेष्ठलगायतको सहभागिता थियो । सशस्त्र समूहका बब्लु भन्ने सहबाज आलम खाँ प्रल्हाद महरा, साजन मुकेरी र मनोज मण्डलको उपस्थिति थियो । हतियार जिम्मा लिने कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी पाण्डेले हतियार छाडेर शान्ति प्रक्रियामा आएकाले शान्ति सुरक्षाको आवइश्यकता परे सरकारले सुरक्षा दिने बताए । जिल्ला प्रशासनले हतियार बुझेको खण्डमा बर्दियामा पनि यसैगरी हतियार बुझाउने मनोजले कार्यक्रममा बताएकाछन् । आफूहरुले संगठनको अस्तित्वका लागि हतियार बोकेको भन्दै कसैलाई यसबाट दुख पुगेको भए माफी दिनसमेत आग्रह गरे । उनले जातीय आधारमा संघीयता हुननहुने समेत बताए । आफूहरु वैचारिक ढंगले संघर्षमा लाग्ने उनले बताए ।
No comments :
Post a Comment