Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Saturday, 30 March 2013

समाचार


नेपालि टिम  बिजयी 

एसीसी ट्वान्टी ट्वान्टी कपको समूह चरणको तेस्रो खेलमा नेपालले मलेसियालाई १९ रनले हराएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले मलेसियालाई १६४ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिला फिल्डिङ रोजेको मलेसिया ९ विकेटको क्षतिमा १४४ रनमै समेटियो ।
नेपालको राम्रो योगफल तयार गर्नको लागि म्यान अफ दि म्याच कप्तान पारस खड्काले ८७ रनको योगदान दिए ।
आजको जितसँगै नेपालको सेमीफाइनलको सम्भावना बाँकी भएको छ । भोलि हुने सिंगापुरसँगको खेल नतिजा र अन्य समीकरणको आधारमा नेपालको दोस्रो चरणाको यात्रा तय हुनेछ । जितसँगै नेपालको चार अंक भएको छ । चारै खेल जितेको हङकङले समूह ए बाट सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
पहिलो इनिड्डमा नेपाली टोलीले ८ विकेटको क्षतिमा यो योगफल तयार पारेको हो । नेपालका लागि प्रारम्भिक व्याट्सम्यान सुबास खकुरेलले २५ रनको योगदान दिए । अघिल्ला दुई खेलमा जस्तै ज्ञानेनद्र चम्कन सकेनन् । तर कप्ता पारसले अघिल्ला दुई खेलमा गरेको खराब व्याटिङ बिर्साइदिए । उनले ट्वान्टी ट्वान्टी क्रिकेजमा मेहबबु आलमले नेपालका लागि एकै खेलमा बनाएको ८८ रनको कीर्तिमान तोड्न भने सकेनन् । रेकर्ड बराबरी हुन एक रन बाँकी हुँदा उनी आउट भए । आलमले अघिल्लो संस्करणामा साउदी अरेबियाविरुद्ध रेकर्ड बनाएका थिए ।
नेपालको लागि सुबास खकुरेलले २५, बसन्त भण्डारीले २० रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका प्रदीप एैरी शून्य रनमै आउट भए । शरद् भेषवाकरले जम्मा १ रन मात्रै बनाए । बसन्त रेग्मी २ र चन्द्र साउद २ रनमै समेटिए ।
नेपालका लागि सञ्जम रेग्मी र पृथु बाँस्कोटाले २/२ विकेट लिए । नेपाल क्रिकेट एसोसिएसनले प्रतियोगितामा म्यान अफ दी म्यान भएका नेपाली खेलाडीलाई १० हजार नगद पुरस्कारवापत् दिने भएको छ ।
यसअघि माल्दिभ्सविरुद्ध भएको खेलमा म्याद अफ दि म्यान प्रदीप एैरी र आजको म्याचमा कप्तान खड्कालाई पुरस्कार दिइएको हो ।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

No comments :

Get Widget