Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Tuesday, 26 March 2013

समाचार



एसीसी ट्वान्टी- ट्वान्टी कप: नेपाल ७६ रनले विजयी


कीर्तिपुर मैदानमा भएको एसीसी ट्वान्टी ट्वान्टी कपको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ७६ रनले हराएको छ । टस जितेको माल्दिभ्सले नेपाललाई पहिलो व्याटिङ गर्ने अवसर दिएको थियो ।
प्रदीप ऐरीको सुरुवाति आक्रामक व्याटिङसँगै राम्रो योगफल तयार गरेको नेपालले बिपक्षी टोलीलाई १७१ रनको लक्ष्य दियो ।
नेपालका लागि प्रारम्भिक व्याट्सम्यान ऐरीले सबैभन्दा धेरै ५९ रन बनाए । त्यसका लागि उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए ।
फिल्डिङमा मेहनत देखाएको नेपाली खेलाडीहरुले माल्दिभ्सका खेलाडीलाई रन दिन निकै कडाई गरे । जसका कारण माल्दिभ्स टोली ७ विकेटको क्षतिमा ९५ रनमै समेटियो ।
नेपालका लागि पारस खड्काले २ विकेट लिए भने शक्ति गौचन, मञ्जित श्रेष्ठ, सञ्जम रेग्मी र बसन्त रेग्मीले एक एक विकट लिए । नेपालका लागि सुबास खकुरेलले २६ रन, शरद् भेषवाकर ३६, मञ्जित श्रेष्ठ २० रनको योगदान दिए । भेषवाकर र श्रेष्ठ नट आउट थिए । उप कप्तान ज्ञानेन्द्र मल्ल भने २ अंकमै पवेलियन फर्किए ।
पहिलो पटक टिकको व्यबस्था गरिएको प्रतियोगिता हेर्न आएका नेपाली दर्शकको संख्याले कीर्तिपुर मैदान भरिएको थियो । भोलि नेपालले हङकङको सामना गर्नेछ । नेपालले शनिबार मलेसिया र आइतबार सिंगापुरको सामना गर्नेछ । 

No comments :

Get Widget