नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बिश्व
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
मलेसियामा १९ नेपाली कामदारविरुद्ध फौजदारी अभियोग =============================
महेश्वर चामलिङ राई, उदयपुर, चैत १३- मलेसियाको मुआरस्थित टेपहेङ् कम्पनीमा पारिश्रमिकसम्बन्धी आन्दोलनरत कामदारहरुको तोडफोडमा उत्रिदा पक्राउ परेका १९ नेपाली कामदारलाई प्रहरीले फौजदारी अभियोगमा मुद्दा चलाएको छ।विद्यमान तलव भत्ता कम भएको भन्दै नयाँ तलवमान माग गर्दै आन्दोलनमा उत्रिएका कामदारहरुलाई गतसाता प्रहरीले पक्राउ गरेको थियो।
न कम्पनीले नेपाली कामदारको लेभी्, होस्टेल भाडा, बिजुली र पानीको महसुलवापतको रकमसमेत काटेर शोषण गरेको भन्दै आन्दोलित नेपाली कामदारहरुले तोडफोड गरेको भन्दै प्रहरीले पक्राउ गरेको स्थानीय कामदार प्रकाश राईले बताएका छन्।आन्दोलनकारीले कम्पनीको गाडीमा तोडफोड गर्नुका साथै कम्पनी सुपरभाइजर र म्यानेजरमाथि पनि हातपात गरेको आरोप लगाउँदै प्रहरीले गतसाता २३ जना नेपाली कामदारलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा परेकामध्ये चारजना छुटिसकेको भएपनि बाँकी भने नियन्त्रणमै रहेको राईलेब ताए।पक्राउ २३ जनामध्ये १९ कामदार अझै पनि प्रहरीको नियन्त्रणमा रहेको र उनीहरुमाथि स्थानीय मर्जिष्ट कोटमा फोजदारी अभियोगमा मुद्दा दायर गरिएको स्थानीय मुआर प्रहरीलाई उद्धृत गर्दै मलेसियास्थित नेपाली दुतावासका श्रम सहचारी अमलकिरण ढकालले बताए। दुवै पक्षलाई मेलमिलाप गराएर काममा फर्काइए पनि १९ जनाबिरुद्ध भनेमुद्दा फिर्ता गर्न नसकेको ढकालले बताए।मुद्दाको सुनुवाई आउँदो अप्रिल १९ तारिकका दिन हुने मुआर प्रहरीले जनाएको छ। मुद्दा परिसकेपछि बाँकी कारबाही फैसला अनुसार नै हुने र त्यसैबमोजिमको सजाय उनीहरुलाई हुने पनि ढकालले बताएका छन्।
No comments :
Post a Comment