Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Thursday, 28 March 2013

समाचार

साँखेजुङमा भेटियो ५५ फिटे सुरुङ, हेर्नेको घुइँचो

१५ चैत, इलाम । इलामको साँखेजुङमा झन्डै ५५ फिटभन्दा लामो सुरुङ फेला परेको छ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको पुख्र्यौली घरदेखि केही माथि नेपालटार मंगलवारे सडक खण्डको चतुरे मोडदेखि खनिएको मोटरएवल सडकको केही तल तेजनाथ खनालको जमिनमा खनिएको सुरुङ फेला परेको हो ।

स्थानीयबासी पनि सुरुङको बारेमा अनविज्ञता प्रकट गर्न थालेका छन् । सुरुङभएको स्थान नजिकै भएका सुरने राइले भने,’यो कहिले खन्यो, किन खन्यो, बाँस काट्न जाँदा सालकले खनेजस्तो लाग्यो र हेरेको ठूलो सुरुङछ,’ उनले भने ‘म पहिले रोजगारका लागि विदेश जाँदा यस्तो थियो जस्तो लाग्दैन, अहिले आफैले देखें ।’

सुरुङ कहिले र के प्रयोजनका लागि खनिएको भन्ने खुल्लन नसकेपनि त्यसको अवस्थाका बारेमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । कुनै भूमिगत समूहले हतियार लुकाउने प्रयोजनका लागि सुरुङ खनेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । सरुङ खनिएको थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

सुरूङ हेर्न भेला भएका स्थानीयबासी

सुरुङ निर्माणका लागि झम्पल, गैतीलगायतका औजार प्रयोग गरिएको प्रहरीको भनाई छ । उक्त सुरुङ हेर्न आजभोली स्थानीयबासीको उल्लेख्य उपस्थिति बढ्न थालेको छ ।

No comments :

Get Widget