Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बिश्व

Thursday, 28 March 2013

बिश्व


बस दुर्घटना, २४ को मृत्यु, दर्जनौ घाइते



१५ चैत, एजेन्सी । पेरूमा भएको बस दुर्घटनामा कम्तिमा २४ जनाको मृ्त्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । 
पेरूको प्रहरीले दिएको जानकारी अनुसार बस खोँचमा खस्दा उक्त दुर्घटना भएको हो । उक्त दुर्घटना पेरूको राजधानी लिमाबाट करिब १ हजार किलोमिटर दक्षिणमा बुधबार भएको बताइएको छ । उक्त बस ओरोकाम्पाबाट एरेक्युपा शहरतिर जाँदै थियो । ४८ जना यात्रु बोकेर हिडेको उक्त बस दुर्घटनामा परी घाइते हुनेहरूमध्ये केहीको अवस्था गम्भिर रहेकाले थप केहीको ज्यान जान सक्ने बताइएको छ । दुर्घटनाका कारणबारे केही खुल्न नसकेको त्यहाको प्रहरीले जनाएको छ ।

No comments :

Get Widget