नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
एमाओवादीमाथि विश्वास छैनः नेपाल =====================
२५ फागुन, चितवन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानन्यायाधीशलाई राजीनामा नगराई कार्यकारी प्रमुखको जिम्मेवारी दिन नहुने बताउनुभएको छ । देशमा सङ्कटकालीन अवस्था आएमा गम्भीर खतरा निम्तिन सक्ने भएकाले पहिले राजीनामा गराएर मात्रै प्रधानन्यायाधीशलाई नेतृत्व दिनु बुद्धिमानी हुने उहाँको भनाइ थियो । चितवनमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले एमाओवादीको षडयन्त्रप्रति दलहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो । विगतका उदाहरण हेर्दा एमाओवादीले दलका नेताहरुलाई घुमाइरहेको प्रस्ट भएको भन्दै उहाँले भन्नुभयो- “कुनै कुरा अहिलेसम्म एमाओवादीले सत्य बोलेको छैन, अब पनि विश्वासिलो आधार छैन ।” अहिले दलहरुको आजभोलि नै सहमति हुन्छ भन्ने अभिव्यक्तिमा आफ्नो विश्वास नरहेको भन्दै उहाँले यति छिट्टै सहमति होला भन्ने आफूलाई विश्वास नलागेको बताउनुभयो । कांग्रेस नेता शशाङ्क कोइरालाले राजनीतिक इच्छाशक्ति भए समयमै निर्वाचन हुने बताउँदै एमाओवादीले अहिले खेलवाड गरिरहेको भान भएको दाबी गर्नुभयो । रासस
No comments :
Post a Comment