Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : पूर्वराजा ज्ञानेन्द्र काठमाण्डौ फर्किए

Sunday, 24 February 2013

पूर्वराजा ज्ञानेन्द्र काठमाण्डौ फर्किए



१३ फागुन, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो एक महिने पूर्वी बसाई छोट्याएर राजधानी र्फकनु भएको छ । पूर्व युवराज्ञी कोमलको जन्मदिन मनाउन गत माग २६ गते बाराको सिमरा पुगेका पूर्वराजा ज्ञानेन्द्र आइतवार बुद्ध एयरको विमानमार्फत दिउँसो काठमाण्डौ फर्किनु भएको हो । राजधानी र्फकन लागेका पूर्वराजा शाहलाई स्वागत गर्न शुभेच्छुकहरु दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
पूर्वराजा ज्ञानेन्द्रसहित बुहारी हिमानी शाह सिमरा गएपनि छोरीलाई कृतिकालाई एपेन्डीक्स भएपछि राजधानी फर्केर उपचारपछि थाइलाण्डमा हृदयघातपछि अस्पतालमा उपचार गराइ रहेका पति पारसलाई भेट्न थाइल्याण्ड पुगिसकेकी छिन् । पूर्व राजा ज्ञानेन्द्र र पूवराज्ञी कोमल पनि थाइल्याण्ड जाने तयारी स्वरुप राजधानी फर्केको वताइएको छ । तर थाइल्याण्ड कहिले जाने दिन भने टुंगो लागिनसकेको स्रोतले जनाएको छ ।

No comments :

Get Widget