पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा केही सुधार
फागुन १३, गत मंगलबार हृदयघात भएपछि बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा हिजोको तुलनामा केही सुधार आएको बताइएको छ ।
उनको थाईल्याण्डको राजधानी बैंककको समित्भेज अस्पतालमा उपचार भैरहेको छ । उनको पेटको आन्तरिक रक्तश्राव रोकिएको कुरा चिकित्सकहरुले विज्ञप्ति निकालेरनै जनाएका छन् ।
अस्पतालका चिकित्सकले आइतवार साँझ जारी गरेको एक प्रेस विज्ञप्तिमा रक्तश्राव रोकिएको तथा औषधीको सहायतामा उनको रक्तचाप (ब्लड प्रेसर) पनि नियन्त्रणमा आएको कुरा उल्लेख गरिएको छ ।
यसअघि चिकित्सकहरुले विज्ञप्ति जारी गर्दै पारस शाहको स्वास्थ्य स्थिति जटिल तर स्थिर नै रहेको कुरा बताएका थिए ।
No comments :
Post a Comment