बाबुले नै छोरीको हत्या गरेको पुष्टी,
जनार्दन पोखरेल/उज्यालो । महोत्तरी, फागुन ९ - महोत्तरीको बगडामा गएको मंसिर २९ गते मृत अवस्थामा फेला परेकी बालिकालाई उनकै बाबुले हत्या गरेको पुष्टी भएको छ ।
बगडा ६ का नथुनी सदाकी ९ बर्षिया छोरी सन्तलाकुमारी सदा गएको मंसिर २९ गते घर नजिकै खेतमा मृत अवस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बुधवार जलेश्वरमा पत्रकार सम्मेलन गरी बाबुले नै छोरीको हत्या गरेको बताएको हो ।
अनुसन्धानबाट बाबुले नै बालिका छोरीको हत्या गरेको पुष्टी भएको प्रहरी निरिक्षक सुरज खड्काले जानकारी दिनुभयो । सदाले पनि छोरीको हत्या आफैंले गरेको स्वीकार गरेका उहाँले बताउनुभयो ।
छोरीले धान बेचेर आवश्यक खर्चको जोहो गर्न खोज्दा बाबुले निर्घात कुटपिट गरेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घरमा कुटपिट गरेर छोरीको हत्या गरेपछि सदाले बालिकाको शव घर नजिकै खेतमा लगेर फालेका थिए ।

No comments :
Post a Comment