नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : पारस अझै अचेत अवस्थामा, स्वास्थ्यमा सुधारको संकेत
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
काठमाडौँ, फागुन ९ (नागरिक) - ह्रदयघात भएपछि गएराति अस्पताल पुर्याइएका पूर्व युवराज पारस शाह आज बिहानसम्म अचेत अवस्थामा नै छन्। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्यमा सुधारको संकेत देखिएको छ।
'मध्याह्न उनले आँखाको परेला अलिअलि चलाउन थालेका छन्, उनको होस आउन लागेको जस्तो देखिएको छ,' मिडियामा बोल्ने अनुमति नभएकोले नाम बताउन नचाहने समितिवेज अस्पतालका एक वरिष्ठ चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बताएको छ।
बैंककमा रहेका शाहलाई नेपाली समयअनुसार मंगलबार बेलुका आठ बजे हृदयघात भएको हो। थाई महिला मित्र कन्निका चाइसान र केही नेपाली सहयोगीसहित पुरनताउँमा बस्दै आएका पारसलाई हृदयाघात भएपछि चाइसनले अस्पताल पुर्याएकी थिइन्।
नाजुक अवस्थामा अस्पताल पुर्याइएका पारसलाई आइसियुमा उपचार थालिए पनि सुधार नआएपछि सिसियु सारिएको थियो। चिकित्सकले उनको अवस्था चिन्ताजनक रहेको बताउँदै परिवारका सदस्यलाई खबर गर्न आग्रह गरेपछि बैंककमा रहेका नेपालीले निर्मल निवासमा खबर गरेका छन्। स्रोतका अनुसार पूर्वयुवराज्ञी हिमानीलगायतको टोली बुधबार बैंकक जाँदैछ।
पारसलाई यसअघि पनि हृदयाघात भएको थियो। २०६४ भदौ २० मा पारसलाई 'माइल्ड हर्ट एट्याक्ट' भएको थियो। छातीमा पीडा भएपछि सुरुमा सैनिक अस्पताल र पछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। ५० मिनेट लामो शल्यक्रियाबाट अवरुद्ध धमिनी खोल्न ब्यालुन एन्जिओप्लास्टी गरिएको थियो।
No comments :
Post a Comment