नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : पारसको मुटुको भल्ब बेलुनद्वारा खुलाउने प्रयास
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
९ फागुन, काठमाडौं । हृदयघातका कारण बैंककस्थित अस्पतालमा अचेत अवस्थामा उपचाररत् पूर्वयुवराज पारस शाहको मुटुको भल्व डाक्टरहरुले बेलुनको माध्यमद्वारा खुलाउने प्रयास गरेका छन् ।
‘मुटुको शल्यक्रिया गरिएको हैन, डाक्टरहरुले बेलुनको माध्यमले भल्व खुलाउने प्रयास गरेका हुन् ।’- अस्पतालमा शाहको हेरचाह गरिरहनुभएका सुनिल खड्काले अनलाइनखबरसँग भन्नुभयो ।
खड्काका अनुसार आज शाहको टाउकाको सीटी स्क्यानसमेत गरिएको छ । उहाँको स्थितिबारे अहिले ने केही भन्न नसकिने र उहाँको स्थितिमा असाध्यै ढीलो सुधार आइरहेको डाक्टरको भनाइ उधृत गर्दै खड्काले बताउनुभयो ।
यसअघि कार्यबाहक राजदूत डोरनाथ अर्यालले बिहान अस्पताल पुगेर पारसको उपचारमा संलग्न चिकित्सकहरुसँग बिरामीको अवस्थाबारे जानकारी लिनुभएको थियो । अर्यालले टेलिफोनमा अनलाइनखबरसँग भन्नुभयो-’आइसीयुमा राखेर उपचार भइरहेको छ, होसमा नरहेका शाहको अवस्था स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।’
पूर्वराजपरिवारका ५ जना बैंकक प्रस्थान
अस्पताल भर्ना भएका पारसलाई भेट्न पूर्वराजपरिवार ५ जना सदस्यहरु बुधबार थाइ एयरबाट बैंकक प्रस्थान गरेका छन् । पारसको सहयोगका लागि पारसकी बहिनी प्रेरणा सिंहका साथै पूर्वअधिराजकुमार धीरेन्द्र शाहका छोरीज्वाईँ पूजा शाही, डा. राजीव शाही, दिलाषा र आदर्शविक्रम राणा थाई एयरको नियमित उडानबाट बैंककतर्फ लागेको पूर्व राजपरिवारका सहयोगी फणिराज पाठकले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
हृदयघात भएको करिव एक घण्टापछि मात्र उनलाई अस्पताल पुर्याइएको थियो, जसका कारण उनका केही अंग नचल्ने हुनसक्ने चिकित्सकले बताएका छन् । तर, विस्तृत परीक्षणपछि मात्र उनको अवस्थाबारे जानकारी दिने चिकित्सकले बताएका छन् । गैरआवासीय नेपाली संघका सचिव सुनील खड्का र पारसकी केटी साथीले अहिले उनको हेरचाह गरिरहेका छन् ।
छोरी कृतिका पनि गम्भिर बिरामी
पारसलाई हृदयघात भएलगत्तै नेपालमा रहेकी कान्छी छोरी कृतिका पनि एपेन्टिसाइटिसका कारण थलिएकी छिन, उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ । सहयोगी पाठकका अनुसार पारस र हिमानीकी कान्छी छोरी कृतिकाको राजधानीको थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भैरहेको छ । ‘सिमरामा हजुरबुबा र हजुरआमासँग रहेका बेला गएराति अकस्मात एपेन्टिसाइटिस भएपछि हतार-हतार राजधानी ल्याएर अस्पताल भर्ना गरिएको हो ।’ पाठकले भन्नुभयो -’बुधबार बिहान सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ ।’ हिमानी बैंकक नजाने पति पारससँगको सम्बन्ध चिसो भए पनि गम्भीर बिरामी भएको खबर पाएपछि पूर्वयुवराज्ञी हिमानी बुधबार बिहान बैंकक जाने तयारी थियो । तर, कान्छी छोरीको अकस्मात अप्रेसन गुनपर्ने भएपछि उहाँको बैंकक जाने कार्यक्रम तत्कालका लागि स्थगित भएको बतायउको छ । उहाँ बिरामी छोरीको स्याहार गरेर अस्पतालमै बसिरहनुभएको छ । केही दिनदेखि सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह भने अझै काठमाडौं र्फकनुभएको छैन । उहाँहरु बैंकक जाने नजाने विषयमा अझै टुंगो लागेको छैन । स्रोतका अनुसार बैंककमा पारसको स्याहारसुसार उहाँकै थाई गर्लप|mेन्डले गर्दै आएकी छिन् । परिवारसँग सम्बन्ध चिसो भएपछि पारस लामो समयदेखि थाई गर्लफेन्डसँगै बैंककमा बस्ने गर्नुभएको हो । केही समय उहाँ सुनील खड्कासँग बस्नुभएको थियो ।
No comments :
Post a Comment