Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : पासवर्ड सुरक्षित राख्ने दश तरिका

Thursday, 28 February 2013

पासवर्ड सुरक्षित राख्ने दश तरिका



पासवर्ड सुरक्षित राख्ने दश तरिका



थोरै विवेक प्रयोग गरेर नै हामी यस्ता हृयाकिङ्बाट बच्न सक्छौँ । हाम्रो एटिएमको पिन नम्बर सुरक्षित राखे झैं अब पासवर्डको सुरक्षा गर्ने बेला आएको छ । यहाँ यस्ता १० सुझाव छन् जसले पासवर्डलाई बलियो राख्न मद्दत गर्छ ।

1.  प्रत्येक अकाउन्टको छुट्टै पासवर्ड राख्नुहोस् ।

2.  छोड्नुभन्दा अगाडि जहिले पनि लग आउट गर्नुहोस् । यदि कोही नजिक हुनुहुन्छ भने पासवर्ड थाहा पाउन र परिवर्तित हुन धेरै बेर लाग्दैन ।

3. व्यापक सुरक्षा सफ्टवेयरको प्रयोग र यसलाई अप टु डेट राख्नुहोस् ।

4.  जुन पायो त्यहि कम्प्युटरमा पासवर्ड नराख्नुहोस् जसमा तपाईंको नियन्त्रणमा छैन ।

5.  असुरक्षित वाई(फाई कनेक्सन जस्तै एयरपोर्ट, कफी सपतिर पासवर्ड नराख्नुहोस् । यस्तै ठाउँबाट नै हृयाकरहरुले पासवर्ड हृयाक गर्ने गर्छन् ।

6.  कसैलाई पनि आफ्नो पासवर्ड नभन्नुहोस् । अहिलेको विश्वास योग्य तपाईंको साथी भविष्यमा पनि त्यस्तै होला भन्न सकिन्न । आफ्नो पासवर्ड आफूमा नै सिमित राखेर सुरक्षित राख्नुहोस् ।

7.  सुरक्षित राखिएको सूचनाको आधारमा पासवर्डलाई समय(समयमा परिवर्तन गरिरहनुहोस् । एउटा पासवर्डलाई एक वर्षसम्म मात्र चलाउनुहोस् ।

8. लोअरकेस र अपरकेस, नम्बर, चिन्ह भएको कम्तिमा आठ अक्षरको पासवर्ड बनाउनुहोस् । याद राख्नुहोस् , जति धेरै अक्षर त्यति नै राम्रो ।

9.  बलियो पासवर्ड सम्झनको लागि सजिलो हुन्छ तर अनुमान गर्न गाह्रो हुन्छ ।

10  कम्प्युटरको किबोर्डको सहायताले कुनै आकार बनाएर पनि पासवर्डलाइ बलियो बनाउन प्रयोग गर्न सकिन्छ । ‘छतनदजगड’ यसलाई किबोर्डमा लेख्नुस् त अंग्रेजी अक्षरको ‘भी’ बन्छ । यस्ता अरु थुप्रै आकार बनाएर आफ्नो पासवर्डलाइ मजबुत बनाउन सक्नुहुन्छ ।

No comments :

Get Widget