Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सुन तोलामा २ सय बढ्यो

Thursday, 28 February 2013

सुन तोलामा २ सय बढ्यो

सुन तोलामा २ सय बढ्यो

काठमाडौ, फाल्गुन १६ – स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा करिब २ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले स्थानीय बजारमा पनि बढेको सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए । 

उनले सेयर बजार चलायमान भएकाले घटबढ भइरहने जानकारी दिए । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार प्रतितोला छापाबाला सुन ५६ हजार ९८ रुपैयाँ -दस ग्राममा ४८ हजार ९५ रुपैयाँ) मा किनबेच भएको थियो । मंगलबार ५६ हजार ३ सय २ रुपैयाँ -दस ग्राममा ४८ हजार २ सय ७० रुपैयाँ) मा कारोबार भयो ।

संघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यका अनुसार मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन ९ डलरले बढेकाले स्थानीय बजारमा असर परेको हो । उनले बजार अस्थिर भएकाले सुनको मूल्य केही बढ्न सक्ने बताए । ‘बजार अस्थिर भएकाले कहिलेसम्म बढ्ने हो निश्चित छैन,’ शाक्यले भने । यसैगरी ५ दिनदेखि चाँदीको मूल्य भने स्थिर छ । मंगलबार प्रति दस ग्राम चाँदी ९ सय ४ रुपैयाँमा कारोबार भयो

No comments :

Get Widget