पागल
श्रीमतीले गौमाता पूजा गर्दै
सोधिन्-"न भत्तेर न श्राद्धे,
किन यतिका काउली ल्याउनु
भएको?"
उसले हाँस्दै भन्यो-"गाईलाई
पूजा गर्न । तिमी अबिर
अक्षताले पूजा गर्छेउ, म
मिठो मिठो खानेकुरा खुवाएर
पूजा गर्छु ।"
उनीले ठुस्किदै भनिन्-"भुँईमा न भाँडा, सुँगुरलाई
टाँडा भन्या यही हो ।"
उसले प्रष्ट्याउँदै भन्यो-"यही त फरक छ
मनदेवी तिमी र ममा ।"
श्रीमतीको भक्तिमार्ग चेपमा परेको ऊ मान्छेलाई
भगवान र सेवालाई धर्म मान्थ्यो । उसले बी. ए., बी.
एल., उतीर्ण गरी अंग्रेजी साहित्यमा एम. ए.
अध्ययन गरेपछि ट्युशन पढाउने र प्राध्यापन
पेशा अंगाल्यो ।
एकदिन धरहरा अगाडि एक पैसा पाउने
आशामा बसेको भिखारीलाई उसले एक सय
रुपैयाँ दियो । भिखारी खुशीले झण्डै-झण्डै बेहोस
भएको थियो । भिखारीको त्यो खुशीले उसलाई
आनन्दित तुल्यायो । त्यतिमात्र होइन जाडोले
कठ्याँग्रिएको एउटा व्यक्तिलाई आफूले
लगाएको कोट नै फुकालेर दियो ।
बिना कोट कवि गोष्ठीमा पुगेको ऊ चियापानबाट
बन्चित भयो । पछि उसले फेरि कोट लगाएर
गयो । किस्तीमा चिया राखेर उक्त युवक
फेरि आयो । उसले किस्तीबाट एक गिलास
चिया झिक्यो र कोटको गोजीमा खन्याउँदै
भन्यो-"यो चिया मेरा लागि होइन,
कोटको लागि हो, कोटैले पिउँछ ।"
चिया ल्याउनेले भन्यो-"कविता पनि पागल,
कवि पनि पागल ।"
उसले बिदेशीसँग भन्दै थियो-"पागल त सबै पागल
हुन् । कविहरू काम लाग्ने पागल अरु बेकम्मा पागल ।"
त्यहीबेला अर्को एउटा कवि आएर
भन्यो-"फेरि भेट्नको लागि हामी छुट्टिउँ होला ।
अँ साँच्चै, म नेपाल आमासँग पनि छुट्टीदैछु ।
आउँदा के ल्याईदिउँ मित्रलाई?"
उसले चुरोटको धुवाँ उडाउँदै
भन्यो-"मेरो प्यारो यही ल्याईदेउ ।"
एकदमै चाँडो लेख्न सक्ने प्रतिभा थियो उसमा ।
एउटै कवितालाई नौ वटा भाषामा प्रस्तुत गर्यो उसले
। उसले लेखेर फालेका कविताहरू अरुले
आफ्ना नाममा छाप्दा समेत केहि नभन्ने ऊ मुना मदन
बाहेक मेरा अरु कृतिहरू जलाई दिए पनि हुन्छ भन्ने
गर्थ्यो ।
समयले उसलाई मन्त्री समेत बनायो । फलस्वरूप उसले
सम्पतिको नाउँमा एउटा दराज किन्यो ।
मन्त्री हुँदा पनि ठाँडो दराज किन्ने?
अहिलेका सिंह जस्ता देखिने
ब्वाँसाहरूका नजरमा ऊ पागल साबित भयो ।
-उत्तम पुरुष

No comments :
Post a Comment