उदाउँदो सूर्यलाई अर्घ दिई छठ सम्पन
छठ पर्ब अन्तर्गत मंगलबार चौथो दिन व्रतालुले बिहानपख उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन गरिन्छ ।
सप्तमीका दिन व्रतालुले बिहानपख उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेपछि प्रसादग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ ।
सप्तमीका दिन व्रतालुले बिहानपख उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेपछि प्रसादग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ ।
व्रतालुले इतिहासवर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, अरगजालगायत पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हाली आफ्नो खेतबारीमा भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ चढाएका थिए ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुनाका साथै सन्तान र धनप्राप्ति हुने विश्वास छ ।
नारायणी नदि मा छठ को अन्तिम दिन सुर्य लाई अर्घ दि इ समापन गरिदै
साभार कान्तिपुर दैनिक


No comments :
Post a Comment