Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : अनौठो खबर
Showing posts with label अनौठो खबर. Show all posts
Showing posts with label अनौठो खबर. Show all posts

Tuesday, 4 June 2013

''एक बोलतको करिब १ लाख पर्ने ह्विस्की नेपालमा पनि''

''नेपाली बजारमा एक बोतलको ९९ हजार मूल्य पर्ने ह्विस्की आयो भन्दा सायद तपाईलाई अचम्म लाग्न सक्छ । तर, ९९ हजार मूल्य पर्ने जोन वाकर एन्ड सन्सको ओडिस्सी नामक ह्विस्की नेपाली बजारमा भित्रिने भएको छ ।
नेपाल भित्रिसकेपनि आगामी शुक्रबारबाट मात्र उक्त ह्विस्की बजारमा सार्वजनिक गरिने बताइएको छ । ह्यात रिजेन्सी होटेलमा एक भव्य तथा पृथक समारोहका बीच नेपालमा बिक्री वितरण सुरू गरिएको घोषणा गरिनेछ । ७ सय ५० एमएलको सिसीमा उपलब्ध हुने हि्वस्की आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ कन्र्सनले बिक्री वितरण गर्नेछ । '
जोन वाकरका एसिया प्यासिफिक प्रमुख बजार व्यवस्थापक जेम्स थप्पसनले यो हि्वस्की अलेक्जेन्डरको असली मिश्रण विधिमा आधारित रहेको बताएका छन् । उनका अनुसार यो ह्विस्की अलेक्जेन्डरको सम्मानमा तयार पारिएको हो र विलासीतापूर्ण तथा उत्कृष्ट स्वादको अनुभूति ग्रहण गर्न चाहने हरेकका लागि उपयुक्त हुनेछ । '
कम्पनीले भारतलगायत विभिन्न मुलुकमा यो हि्वस्की सार्वजनिक गरिसकेको छ ।तलको बक्समा क्लिक गर्नुहोस ''

Monday, 3 June 2013

अब टेलिभिजनबाटै लिलाम हुनेछ तरुनीको ‘चोखो जोवन’.....

सन् २००८ मा एक अस्ट्रेलियाली युवतीले आफ्नो पढाइ पूरा गर्ने खर्च जुटाउनका लागि इन्टरनेटमार्फत आफ्नो कौमार्य अर्थात् भर्जिनिटी लिलाम गरेकी थिइन् । त्यो घटनापछि कौमार्य बेच्ने कुरा पश्चिमा देशहरुमा फेसन जस्तै बन्यो । अस्ट्रेलियाबाट सुरु भएको कुमारीपनाको लिलामीको यो चरणले अस्ट्रेलियामै नयाँ चरण समात्ने भएको छ ।

सेयर गर्नुहोस ।


अस्ट्रेलियाको एक टेलिभिजन च्यानलबाट एक यस्तो रियालिटी शो सुरु हुँदैछ जहाँ युवतीको भर्जिनिटीको लिलामी हुनेछ । यो शो मा कौमार्यको लिलामीका लागि हजारौँ तथा लाखौँ डलरको बोली लाग्नेछ । फिल्म निर्माता जस्टिन सिसलीले यो शो सुरु गर्दैछन् । सिसले ले अघिल्लो वर्ष एक डकुमेन्ट्री बनाएका थिए जुन ब्राजिलकी छात्रा क्याटरिना मिगलियोरिनी तथा रुसकी छात्रा एलेक्स स्टीपनोवको जिवनमा आधारित थियो । ती दुवै छात्राहरुले आफ्नो भर्जिनिटी लिलाम गरेका थिए । क्याटरिनाले आफ्नो भर्जिनिटी ७ लाख ८० हजार अमेरिकी डलरमा बेचेकी थिइन् । जापानका एक व्यापारीले यतिधेरै मोटो रकम खर्चेर उनको कौमार्य तोडेका थिए । जबकी एलेक्सले ३ हजार डलरमा आफ्नो कुमारीपन तोडाएकी थिइन् । यी दुइ छात्राको जिवनीमा आधारित डकुमेन्ट्री निकै विवादमा आयो र औपचारिक रुपमा रिलिज नै हुन पाएन । त्यो झट्का बेहोरेका सिसलेले यहीँ कन्सेप्टमा टेलिभिजन रियालिटी शो सुरु गर्न लागेका हुन् । उनका अनुसार यो शोको प्रशारण अधिकार एक बहुराष्ट्रिय वितरक संस्थाले लिइसकेको छ ।

यो शो को नाम भि डब्लु टू हुनेछ । शो मा सामेल हुनका लागि अहिले देखिनै हप्तामा ५० भन्दा बढि युवतीहरुले इमेलमार्फत आवेदन दिइसकेका छन् । अहिलेसम्म ३७५ जना युवतीले आफ्नो भर्जिनिटी बेच्ने मनसाय सहित इमेल पठाएको बताइएको छ । त्यस्तै युवतीको कौमार्य खरीद गर्ने क्रेताका इमेल पनि धमाधम आइरहेका छन् । १३० जना पुरुषले त्यसरी इमेल पठाइसकेका छन् ।

Saturday, 1 June 2013

मेरो ओठ साह्रै सेक्सी छ भन्छन्’


चलचित्र ‘भूली गए पाप लाग्ला’, ‘मौसम’ जस्ता सिनेमामा अभिनय गरेपछि कलाकार भावना गुरुङ एकाएक हराइन् । २ बर्षको ग्यापपछि उनी फेी केही म्यूजिक भिडियोमा देखिन थालेकी छिन् । हालै मात्र वीपी वाग्लेको आवाजमा समावेश २ गीतमा काम गरिसकेकी भावनासँग अनलाइनखबरले गरेको कुराकानीः
bhawana२ बर्षसम्म कता हराउनु भयो तपाई ?
म कतै पनि हराएको होइन । जर्मन जानका लागि कोशिश गर्दा गर्दै २ बर्ष बितेछ ।
फिल्म नगरी छोडेको हो र ?
मैले छोडेको छैन । मैले रेष्ट गरेको हुँ ।
कस्तो लाग्यो फिल्म नगरी ?
एकदमै रमाइलो लाग्छ मलाई सिनेमामा काम गर्दा । सबै साथीसँग निकट हुने भएकाले पनि काम गर्न मजा आउने रहेछ ।
तपाई त २ बर्षसम्म दुबईमा हुनुहुन्थ्यो भन्छन् नि ?
होइन, यो हल्ला मात्र हो । म काठमाण्डौमा नै थिएँ ।
फिल्मी कि म्यूजिक भिडियो ?
मलाई त भिडियो नै मनपर्छ । छोटो समयमा नै रेस्पोन्स आउने भएकाले मलाई भिडियो रमाइलो लाग्छ ।
ग्ल्यामर र अंगप्रदर्शनमा के फरक छ ?
आफै जानी जानी देखाउनु अंगप्रदर्शन हो । कपडा लगाए पनि ग्ल्यामर देखिन्छ ।
कस्तो सिनेमा गर्न मन लागेको छ ?
हाम्रो समाजमा भइरहेको कथावस्तुमा सिनेमा गर्न मन लागेको छ । भावनाले यस्तो सिनेमा गरी है भनेर तारिफ गर्ने खालको सिनेमा गर्न मन लागेको छ ।
अहिले आएको अश्लिल सिनेमाको बाढीलाई के भन्नुहुन्छ ?
यो समयको माग हो भन्ने लाग्छ मलाई त ।
तपाइ दिन सक्नुहुन्छ त्यस्ता खालका दृश्य ?
म यस्तो दृश्य कदापी दिन्न ।
आफ्नो सेक्सी अंग कुन लाग्छ ?
मेरो ओठ साह्रै सेक्सी छ भन्छन् सबैले ।
ऐना कत्तिको हुर्नुहुन्छ ?
एकदमै धेरै हेर्छु म । ऐना नहेरि त कसरी बस्न सकिन्छ र ?
कुन पहिरनमा सेक्सी देखिन्छु जस्तो लाग्छ तपाइलाई ?
हाफ पाइन्ट र सिम्पल टिसर्ट लगाउदा म सेक्सी देखिन्छु भन्ने लाग्छ ।
मिठो खानेकुरा के पकाउनुहुन्छ ?
चिया पकाउन आउँछ मलाई ।
nepali+hot+model+bhawana+gurung-9कुन हिरोसँग फिल्म खेल्न मनपर्छ ?
मलाई जीवन लुइटेल क्यूट लाग्छ । बोल्ने स्टाइल पनि स्टान्डर्ड लाग्छ मलाई ।
डेटमा जान मन लागेको हिरो ?
मलाई धिरेन शाक्यसँग डेटमा जान मन लागेको छ । उहाँ निक्कै ह्यान्डसम लाग्छ ।
विश्वमै आकषिर्त गर्ने पुरुष को हो तपाइलाई ?
मेरो प्रेमी राज कटुवाल मलाई आकर्षित गर्ने पुरुष हो ।
प्रेममा परेको कत्ती भयो र ?
हामी ५ बर्षदेखि डेटमा रमाउँदै छौ ।
कुन सेलिबेटीलाई देख्यो भने चुम्बन गर्न मन लाग्छ ?
मलाई सलमान खानलाई पर्दामा देख्दा चुम्बन गर्न मन लाग्छ ।
पहिलो प्रेम याद छ ?
मेरो पहिलो प्रेम नै राज हो । हामी ५ बर्षदेखि प्रेममा छौँ । उसले मलाई पहिले प्रपोज गरेको थियो ।
२ बर्षपछि पुन यो क्षेत्रमा स्थापित हुन गाह्रो हुन्छ जस्तो लाग्दैन ?
पहिला पनि क्यामेरा फेस गरेको हुँदा अहिले खासै गाह्रो भएन मलाई त ।
रुचि के के मा छ त ?
सिनेमा हेर्न मन लाग्छ । लङ ड्राइभमा जान मन लागेको छ ।
आफ्नो शरीर नाङगै हेर्दा कस्तो लाग्छ त ?
मैले आजसम्म मेरो नाङगै शरीर देखेको छैन । बाथरुममा पनि माथी माथी शिशा भएकाले पुरै हेर्न पाएको नै छैन ।

Thursday, 30 May 2013

४६ वटा सर्पले टोकेर मानिसको मृत्यु


snakes१६ जेठ,एजेन्सी। जर्मनीमा एक व्यक्तिले ४० वटा सर्पले घेरिएको अवस्थामा मृत फेला परेका छन् ।
हेको रेडर नामक व्यक्त एक हप्तासम्म घरबाट ननिक्लिएपछी छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको उनको घरमा पुग्दा उनलाई एउटा ३० फिट लामो एनाकोण्डा र चारवटा ३५ लामा पाइथन जातका सर्प सहित ४६ वटा सर्पले छोपेर बसेका थिए।जर्मनीको स्ट्राउबिंगमा रहेको उनको घरबाट सर्पले सवैतिरबाट घरेर बसेको अवस्थामा प्रहरीले उनको मृत शरिर भेटेको थियो।
उनले ति सबै सर्प घरमै पालेका थिए। उनको मृत्यु कसरी भयो त्यो भने पुष्टी हुन सकेको छैन्
उनलै पालेका सर्पले टोकेर वा हृद्यघात भएको उनको मृत्यु भएको आशंका गरिएको छ।
जानकारहरुले उनको शरिरको कद ठुलो भएकाले सर्पहरुले निल्न नसकेको बताएका छन्।

Wednesday, 29 May 2013

फेसबुकमा सबैलाई ‘बाई…’ भन्दै फोटोग्राफरले गरे आत्महत्या


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

ba5d081149227997da787630c1f7a90b_Lमुम्बई – सामाजिक सञ्जालमा मृत्युको संदेश दिँदै मुम्बईका एक फोटोग्राफरले आत्महत्या गरेका छन्। सामाजिक सञ्जाला फरक फरक मृत्यु संदेश दिँदै उनले आत्महत्या गरेका हुन्।
३२ वर्षका फोटोग्राफर प्रकाश पटनीले सिलङ फ्यानमा झुन्डिएर आत्महत्या गरेकी हुन्। आफ्नो मृत्युको योजनालाई उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए।
‘मेरो दिन सकिन २ दिन बाँकी…आइ लभ यु,’ ‘माइ फ्रेन्डस आइएम नट मोर एन्ड बाइ लभ यू टीसी..अल सिस।’
प्रहरीले मृत्युको अनुसन्धान सुरु गरेको छ। उनले फेसबुकमा लेखेका छन्- ‘लभ इज अ स्वीट प्वाइजन.. एन्ड स्लो प्वाइसन…’ उनको म्यासेजले उनी प्रेममा असफल भएको हुनसक्ने संकेत गरेको छ।
उनले आत्महत्या गर्दा उनकी पत्नी् र छोरो बाहिर थिए। उनीहरु घर फर्किँदा प्रकाश झुन्डिएको अवस्थामा थिए।

Tuesday, 28 May 2013

ट्वाइलेटको पाइपभित्र भेटियो जिउँदो बच्चा (फोटोफिचर र भिडियो सहित)

जन्मिँदा बित्तिकै ट्वाइलेटमा फ्याँकिएको एक नवजात शिशुलाई पाइप भित्रबाट जिवितै उद्दार गरिएको छ । अज्ञात महिलाले बच्चा जन्माएर ट्वाइलेटको कमोटमा फ्याँकेर फ्लस गरेपछि बच्चा दिशापिसाब जस्तै गरी पाइपमा छिरेको रहेछ । तर ठूलो आकारको भएकाले पाइपको जोर्नीमा त्यो बच्चा अडि्कयो र पानी सबै तल झरेकाले उसले सास फर्ेन सक्यो । बच्चा ट्वाइलेटको कमोटभन्दा केही तलमात्र रहेको चिनको सरकारी संचार माध्यमले जनाएको छ ।
1
चीनको झेजियाङ प्रान्तस्थित जिनहुवामा रहेको एक आवासीय घरमा शनिवार यो घटना भएको हो । उक्त घरकै बासिन्दाले ट्वाइलेट मुनि बच्चा रोएको सुनेपछि प्रहरीलाई खबर गरे । त्यसपछि उद्दार अधिकारीहरु त्यहाँ आए । कमोटभन्दा केही तल बच्चा थियो । ऊ ४ इन्च गोलाइको पाइपमा अडि्करहेको थियो र रोइरहेको थियो । उद्दारकर्मीले निकै होसियारी पर्ूवक त्यो पाइपलाई जडानबाट फुकालेर नजिकैको अस्पतालमा पूराए । अस्पतालमा पाइप चिरेर त्यसभित्र रहेको बच्चा निकालियो ।
2
त्यो बच्चाको अनुहार, आखा तथा सरीरभरी फोहोरले ढाकिएको थियो । बच्चाको अवस्था स्थीर रहेको र त्यो बच्चालाई पाएर फाल्ने आमाको खोजी भैरहेको बताइएको छ ।
उक्त बच्चाको नाम बेबी नम्बर ५९ राखिएको छ । यो दर्दनाक घटना र्सार्वजनिक भएपछि सामाजिक संजालमार्फ कडा टिप्पणी भैरहेका छन् । एकजनाले टि्वटरमा भनेका छन्, त्यसो गर्ने बाउआमाको हृदय त ढलको पाइप भन्दा पनि फोहोर रहेछ ।
3 4 5 6 7


Monday, 13 May 2013

बिवाह आधा गरेर बेहुली इन्कार


बिवाह आधा गरेर बेहुली इन्कार
काठमाडौं, वैशाख ३० गते । कुरो सुन्दै अचम्म लाग्न सक्छ, केटी मागेर पञ्चेबाजा बजाउँदै बेहुली लिन जन्ती सहित जग्गेमा बस्न पुगेका बेहुला विवाह समारोह चलिरहेको बेला अकस्मात विवाह गर्दिन भन्दै जग्गेबाट उठेर हिंडेपछि बेहुली र बेहुलीका परिवारलाई कस्तो आपत् पर्ला ? एकजना बेहुलाले सोमबार राजधानीमा बेहुली वरिपरि जग्गेमा तीन फन्का घुमिसकेपछि बिहे नगर्ने निर्णय गरेका छन् ।

सोमबार काठमाडौं बालाजुकी एक युवती र उनका आफन्तले यस्तै आपत्त व्यहोर्नु पर्‍यो । बालुवाटारका अनील चौलागाईले स्वयंमर गरेपछि अकस्मात् बिहे गर्दिँन भन्दै बेहुलीलाई छाडेका हुन् । सोमबार दिउँसो विवाह समारोह चलिरहेकै बेला बेहुलाले धादिङ घर भई बालाजु बस्दै आएकी खनाल थरकी बेहुलीसँग स्वयंवर गरेर जग्गेको काम गदै गर्दा उनले बिहे नगर्ने घोषणा गरेका हुन् ।

बिहे भइरहेका बेला जग्गेबाट उठी माला र टोपी फुकालेर हातमा लिएका बेहुलाले विवाह गर्न अस्वीकार गरेपछि जन्ती सबै अलमलमा परे भने बेहुली पक्षका आफन्त आक्रोशित भए । गोडा धुनका लागि गाग्री खड्कुला लिएर आएका नातेदार तथा बेहुलीका लागि उपहार लिएर आएका निम्तालु अक्क न बक्क परे । उनले परिवारको करकापमा मण्डपसम्म आएको बताएका छन् । ‘विवाह हुन लागेको छ भनेर मलाई अस्ति मात्र खबर गरेको हो’ उनले भने,’मलाई दुई हप्ता समय दिनुस् भन्दा पनि कर गरेर लिएर आए ।’

विवाहको विषयलाई लिएर घरमा झगडा नै भएको चौलागाईको दाबी छ । बेहुलाले विवाह गर्न अस्विकार गरेको थाहा पाएपछि पुगेका पत्रकारसँग कुरा गर्दै बेहुला अनिलले घर परिवारले जवर्जस्ती गरेर विवाह गर्न दवाव दिएको बताए । उनले भने ‘केही दिनदेखि विवाहको कुरा चलिरहेको थियो । हिजो पनि यही विषयलाई लिएर घरमा झगडा नै भएको थियो’ अनिलले ‘विवाह गर्दिन भन्दा भन्दै पनि बिहान सिंगारेर ल्याए ।’ तपाईको अन्य युवतीसँग प्रेम छ कि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले ‘छैन’ भनेर जवाफ दिए ।

बेहुली पक्षले भने सहमतिमा नै विवाह हुन लागेको तर, चौलागाईले कसैको भड्काउमा लागेर आफूहरुको बेइजत गरेको आरोप लगाएका छन् । सबैले मनाउन खोजे पनि चौलागाई नमानेपछि बेहुली पक्षले क्षतिपूर्ति सहित सार्वजनिक माफीको माग गरेका छन् । बेहुली पक्षले प्रहरीमा उजुरी दिनुका साथै बेहुला अनिलले विवाह गर्न नमानेपछि आधा सम्पत्ति माग गरेका छन् ।


बेहुलीकी हजुरआमाले सबै पक्षको छलफलबाटै विवाह तय गरिएको जानकारी दिइन । विवाह अघि पनि केटा र केटी घुम्न गएको जानकारी दिँदै भनिन ‘हामीले केटो राम्रो छैन भन्दा नातिनीले बुद्धि राम्रो भए भइहाल्यो नि भन्थी ।’

‘नातिनी खुसी थिई । सबै कुरा भएरै विवाहको टुंगो भएको थियो’, बेहुलीकी हजुर आमाले थपीन, ‘पढेको केटो हो भन्थे । अहिले आएर यस्तो गर्‍यो अब खै के भन्ने ?’

बेहुला अनिलले विवाह गर्न नमान्नुको कारण पत्ता लगाउन आफन्तले धेरै बेर सोधखोज गरे ।‘कसैसँग लभ परेको छ हो ?’, बेहुलीका आफन्तले सोधेको प्रश्नमा बेहुला अनिलले भन्नुभयो, ‘छैन हजुर । मेरो कसैसँग लभ परेको छैन ।
काठमाडौं, वैशाख ३० गते । कुरो सुन्दै अचम्म लाग्न सक्छ, केटी मागेर पञ्चेबाजा बजाउँदै बेहुली लिन जन्ती सहित जग्गेमा बस्न पुगेका बेहुला विवाह समारोह चलिरहेको बेला अकस्मात विवाह गर्दिन भन्दै जग्गेबाट उठेर हिंडेपछि बेहुली र बेहुलीका परिवारलाई कस्तो आपत् पर्ला ? एकजना बेहुलाले सोमबार राजधानीमा बेहुली वरिपरि जग्गेमा तीन फन्का घुमिसकेपछि बिहे नगर्ने निर्णय गरेका छन् ।

सोमबार काठमाडौं बालाजुकी एक युवती र उनका आफन्तले यस्तै आपत्त व्यहोर्नु पर्‍यो । बालुवाटारका अनील चौलागाईले स्वयंमर गरेपछि अकस्मात् बिहे गर्दिँन भन्दै बेहुलीलाई छाडेका हुन् । सोमबार दिउँसो विवाह समारोह चलिरहेकै बेला बेहुलाले धादिङ घर भई बालाजु बस्दै आएकी खनाल थरकी बेहुलीसँग स्वयंवर गरेर जग्गेको काम गदै गर्दा उनले बिहे नगर्ने घोषणा गरेका हुन् ।

बिहे भइरहेका बेला जग्गेबाट उठी माला र टोपी फुकालेर हातमा लिएका बेहुलाले विवाह गर्न अस्वीकार गरेपछि जन्ती सबै अलमलमा परे भने बेहुली पक्षका आफन्त आक्रोशित भए । गोडा धुनका लागि गाग्री खड्कुला लिएर आएका नातेदार तथा बेहुलीका लागि उपहार लिएर आएका निम्तालु अक्क न बक्क परे । उनले परिवारको करकापमा मण्डपसम्म आएको बताएका छन् । ‘विवाह हुन लागेको छ भनेर मलाई अस्ति मात्र खबर गरेको हो’ उनले भने,’मलाई दुई हप्ता समय दिनुस् भन्दा पनि कर गरेर लिएर आए ।’

विवाहको विषयलाई लिएर घरमा झगडा नै भएको चौलागाईको दाबी छ । बेहुलाले विवाह गर्न अस्विकार गरेको थाहा पाएपछि पुगेका पत्रकारसँग कुरा गर्दै बेहुला अनिलले घर परिवारले जवर्जस्ती गरेर विवाह गर्न दवाव दिएको बताए । उनले भने ‘केही दिनदेखि विवाहको कुरा चलिरहेको थियो । हिजो पनि यही विषयलाई लिएर घरमा झगडा नै भएको थियो’ अनिलले ‘विवाह गर्दिन भन्दा भन्दै पनि बिहान सिंगारेर ल्याए ।’ तपाईको अन्य युवतीसँग प्रेम छ कि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले ‘छैन’ भनेर जवाफ दिए ।

बेहुली पक्षले भने सहमतिमा नै विवाह हुन लागेको तर, चौलागाईले कसैको भड्काउमा लागेर आफूहरुको बेइजत गरेको आरोप लगाएका छन् । सबैले मनाउन खोजे पनि चौलागाई नमानेपछि बेहुली पक्षले क्षतिपूर्ति सहित सार्वजनिक माफीको माग गरेका छन् । बेहुली पक्षले प्रहरीमा उजुरी दिनुका साथै बेहुला अनिलले विवाह गर्न नमानेपछि आधा सम्पत्ति माग गरेका छन् ।


बेहुलीकी हजुरआमाले सबै पक्षको छलफलबाटै विवाह तय गरिएको जानकारी दिइन । विवाह अघि पनि केटा र केटी घुम्न गएको जानकारी दिँदै भनिन ‘हामीले केटो राम्रो छैन भन्दा नातिनीले बुद्धि राम्रो भए भइहाल्यो नि भन्थी ।’

‘नातिनी खुसी थिई । सबै कुरा भएरै विवाहको टुंगो भएको थियो’, बेहुलीकी हजुर आमाले थपीन, ‘पढेको केटो हो भन्थे । अहिले आएर यस्तो गर्‍यो अब खै के भन्ने ?’

बेहुला अनिलले विवाह गर्न नमान्नुको कारण पत्ता लगाउन आफन्तले धेरै बेर सोधखोज गरे ।‘कसैसँग लभ परेको छ हो ?’, बेहुलीका आफन्तले सोधेको प्रश्नमा बेहुला अनिलले भन्नुभयो, ‘छैन हजुर । मेरो कसैसँग लभ परेको छैन ।

Sunday, 12 May 2013

कस्तो अनौठो ! फूलको जरामा मान्छेको रूप...(फोटोसहित)


चीनमा मान्छेको रूप जस्तै फूलको जरा भेटिएको छ । मान्छेको आकृतिमा जरा भेटिएपछि उक्त जरा हेर्नका लागी भिड मच्चिएको छ । 
मानव विकासको चरम सिमामा पुगेको चीनले गर्ने विकासले मानिसलाई चकित बनाएको बेला प्रकृतिले पनि चकित पार्ने खालको यो जराले चीनलाई अचम्म नै अचम्मको पोको भरिएको देश भन्ने बेला समेत आइसकेको छ । 
ट्युबर फ्लेस नामको फूलको जरा खनेर निकाल्दा यस्तो आकृतीको जरा निस्किएको हो । गत मे ७ मा उक्त जरा निकालिएको थीयो । भवन निर्माणको कार्य गर्ने क्रममा खनिएको उक्त जरा महिलाको शरिरको आकारमा रहेको छ । यस्तै, सोही दिनमा पुरूषको जस्तै शरिरको आकार भएको जरा चीनकै एक पहाडि क्षेत्र भेटिएको छ । एकै दिन महिला तथा पुरूषको शरिरजस्तै आकारको जरा भेटिनुलाई आश्चर्य र निकै अचम्मको संयोग मानिएको छ । 
यो जरा औषधीका रूपमा पनि निकै प्रयोग गरिने बताइएको छ । उक्त जराले रक्त, कपाल तथा कलेजोसम्बन्धी रोगमा फाइदाकारी हुने बताइएको छ ।

Thursday, 9 May 2013

आधा बिरालो भेटिएपछी इन्टरनेटमा हंगामा


तपाईले हिड्दा हिड्दै यदी आधा बिरालो बाटोमा देख्नु भयो भने के गर्नु हुन्छ । सायद अचम्मित हुँदै एकटक हेरिरहनु हुनेछ । 
यस्तै, तस्विर खिचेको छ गुगलेको क्यामराले । बाटोमा हिडिरहेको एक बिरालोको यस्तो तस्विर गुगलले खिचेको छ, जहाँ बिरालोको आधा शरिर मात्र देखिएको छ । गुगलले तस्विर खिच्ने क्रममा यस्तो अचम्मको तस्विर खिचेको हो । उक्त तस्विरपछी खिचिएको अर्को तस्विरमा अर्को उक्त बिरालोको पूरै शरिर देखिएको छ । 
यो तस्विर हेरेर केही व्यक्तिले यसलाई फोटोसपको कमाल समेत भन्न भ्याएका छन् । कसैले यसलाई सत्य हुन सक्ने समेत बताएका छन् । 
हेरौ उक्त तस्विरहरू...
half cat half cat

Saturday, 4 May 2013

तरुनीको पेटमा तरभुजा चटाचट


जो कोही मान्छेले अरुभन्दा फरक कुरा गरेर चर्चा कमाउन चाहन्छ । तर सबैसँग त्यस्तो फरक काम गर्ने अक्कल र हिम्मत नहुन सक्छ । अस्ट्रेलियाका एक पुरुषले भने आफुमा हिम्मत र अक्कल दुबै भएको प्रमाणित गरेका छन् । जिम हन्टर नामका ती व्यक्तिले एक युवतीको पेटमाथि राखेर एक मिनेटमा २५ वटा तरभुजा काटेर विश्वरेकर्ड कायम गरेका छन् ।


आफ्नो पेटमा तरभुजा काट्न दिने सिलिया कर्टिस पनि कम हिम्मती होइनन्, त्यसैले उनले पनि गिनिज बुकमा नाम सुरक्षित गरेकी छिन् ।

अस्ट्रेलियाको सेभेन नेटवर्क स्टुडियोमा आयोजित कार्यक्रममा उनीहरुले उक्त रेकर्ड कायम गरेका थिए । उनीहरुको यो तरभुजा काट्ने रेकर्ड केही वर्षअघिको भएपनि त्यसलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन । अमेरिकाका सिन बोधीले यो रेकर्ड तोड्ने प्रयास यहीँ वर्ष गरेपनि सकेनन् ।

Sunday, 28 April 2013

बाघले क्यामरा चोरीदिएपछी...(फोटोफिचर)


तपाईको क्यामेरा कतै खस्यो र जब त्यो क्यामरा लिन जानु भयो त्यहाँ एउटा बाघले उक्त क्यामरा खेलाइरहेको देखे तपाई के गर्नुहुन्छ । सायद टुलुटुलु हेर्नु बाहेक अरू केही गर्ने साहस तपाईले गर्नुहुन्न ।
यस्तै समस्यामा परेका छन् एक जोडि । भारतको ताडिबा आन्धारी बाघ संरक्षण क्षेत्रमा घुम्न निस्केका एक जोडीको क्यामरा बाघले लगिदिएपछी उनीहरू टुलुटुलु हेर्न बाध्य भएका छन् ।
खतरनाक जनावरहरू हेर्ने र तिनको तस्विर आफ्नो क्यामरामा कैद गर्ने उत्साह लिएर संरक्षण क्षेत्रमा पुगेका ती जोडीले क्यामरामा आफूले चाहेको दृश्य कैद गर्न पाएनन् । जीपमा यात्रा गर्ने क्रममा उनीहरूको झोला खस्न पुगेको थियो तर, आफ्नो झोला जीपबाट खसेको कुरा पनि केही बेर पछि मात्र उनीहरुले थाहा पाए ।
जब क्यामरा लिनका लागी उनीहरू आएको बाटो फर्के उनीहरू झोला देखेर खुसी हुनुको साटो दु:खी हुन पुगे । कारण थियो, उक्त झोलामा एक बाघले आफ्ना पञ्जाहरू नचाइरहेको थियो । बाघले उक्त झोलालाई ओल्टाइ पोल्टाई गरी हेरिरहेको थियो । उक्त झोलामा के छ भन्ने कुरा त्यो बाघ जान्न चाहन्थ्यो सायद त्यसैले पनि उसले सुघ्ने र ओल्टाइपोल्टाई गर्ने गरिरहेको थियो ।
केहीबेर ओल्टाईपोल्टाई गरेपछी बाघले उक्त झोला आफूसँगै लग्यो । जोडी निकै चिन्तित हुँदै फर्क्यो । यो घटनालाई उनीहरुसँगै रहेका फोटोग्राफर दिपान्कर मजुम्दरले आफ्नो क्यामेरामा कैद गरेका थिए ।
भोलीपल्ट त्यो जोडीले झोला खसेको स्थान नजिक नै आफ्नो क्यामराको झोला फेला पार्यो । उक्त क्यामराको झोला केही पनि नबिग्रेको र सामान पनि केही नभएको अवस्थामा पाएर जोडी खुसी त भयो तर बाघलाई त्यति नजिकबाट नियाल्न पाउँदाका ती क्षण कैद गर्न नपाउँदा भने दु:खी भएको थियो ।
हेरौ बाघले क्यामारा चोरेको क्षणको केही दृश्यहरू...
tiger stole camara of the couple tiger stole camara of the couple tiger stole camara of the couple tiger stole camara of the couple tiger stole camara of the couple tiger stole camara of the couple
Get Widget