१९ जेठ, काठमाण्डौं । नेपाली सेनामा समायोजन हुने माओवादीका पूर्व लडाकूको संख्या घट्दै गएको छ । कतिपय पूर्वलडाकुले तालिमका क्रममा धमाधम अवकाश लिन थालेका छन् भने केही मेडिकलमा अनुत्तीर्ण भएका छन् ।
एक हजार चार सय ६० लडाकु समायोजनका लागि अन्तिम छनोटमा परेकामा ३० जनाले स्वेच्छिक अवकाश लिएका छन् । त्यस्तै पाँचजना सम्पर्कबाहिर छन् भने तीनजना मेडिकलमा अनुत्तीर्ण भएका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी सुरेशराज शमाका अनुसार हाल समायोजन हुने पूर्वलडाकको संख्या एक हजार चारसय २२ मा झेको छ, जसमध्ये ७० जना अधिकृत क्याडेट छन् । ७१ जना अधिकृतले तालिममा भाग दिएकोमा एकजनाले असफल भई अवकाश लिएको नयाँ पत्रिकामा खबर छ ।
तालिमका लागि छनोट भएपछि सुरुमा नै १६ जनाले अवकाश लिएका थिए । पछि ८७ जनाले अवकाशका लागि लडाकुहरुको रेखदेख, समायोजन र पुनस्थापनासम्बन्धी विशेष समितिमा निवेदन दिएका थिए । पछि सो संख्या घटेर ४७ मा झरेको थियो । काउन्सिलिङका क्रममा त्यसबाट पनि झरेर १७ मा पुगेको थियो । उनीहरुलाई भने दुई लाख ५५ हजारका दरले मानवीयताका आधारमा सरकारले रकम दिएको थियो । जब कि पहिला नै अवकाश रोज्नेहरुले पाचदेखि आठ लाखसम्म पाएका थिए । त्यस्तै मेडिकलमा असफल भएकालाई पनि समितिले दुई लाख ५५ हजार दिएको छ ।
 
 

 
 
No comments :
Post a Comment