Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कामु प्रधानन्यायाधीश शर्माप्रति असन्तुष्ट

Sunday, 2 June 2013

कामु प्रधानन्यायाधीश शर्माप्रति असन्तुष्ट


काठमाडौं, १९ (ओएनएस) : एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहितको बैठकमा प्रङ्गग उठाए, ‘अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्छ भन्ने के हो ?’

श्रेष्ठको बोली खस्न नपाउँदै कांग्रेस सभापति सुशील कोइरालाले प्रति उत्तर फर्काए ‘शक्ति पृथकिकरणको सिद्वान्तविपरित दुईटै सस्थाको प्रमुख हुन पाइन्न राजीनामा दिनुपर्छ ।’

कोइराला र श्रेष्ठको सवाल जवाफ सुनिरहेका मन्त्रिपरिषद अध्यक्ष रेग्मीले त्यसलाई पन्छाउनै खोज्दै निर्वाचनमा ऐनमा सहमति गरेर चुनावका लागि सहज बनाइ दिन आग्रह गरिरहेका थिए ।

अध्यक्ष रेग्मी आफ्नो राजीनामाको प्रसङ्ग मोडेर अरु विषयमा छलफल गराउने कोसिसमा थिए । तर, कोइरालाले राजीनामाको प्रङ्गग कोट्याइरहेपछि रेग्मीले प्रतिवाद गरे । “म तपाईहरुको आग्रहमा नै मन्त्रिपरिषद् अध्यक्ष बन्न तयार भएको हुँ” रेग्मीले कोइरालाको प्रतिवाद गर्दै भने, “तपाईहरुले प्रधानन्यायाधीशबाट राजीनामा नदिए हुन्न भन्नुहुन्छ भने म सरकारबाटै राजीनामा दिने विषयमा सोच्न सक्छु ।”

अध्यक्ष रेग्मी रिसाएको देखेपछि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले सहजीकरण गरेका थिए । गएको हप्ता मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसहित प्रमुख चारशक्तिका नेताहरुको संयुक्त बैठकमा रेग्मीले सरकारबाटै राजीनामा गर्ने चेतावनी दिएपछि त्यसयताका सार्वजनिक कार्यक्रममा कांग्रेस सभापति सुशील कोइरालाले पनि राजीनामाको प्रसङ्ग उठाएका छैनन ।

बैठकमा सहभागी एक नेताका अनुसार रेग्मीको चेतावनी कारण पनि कोइराला त्यसयताका दुईवटा वैठकमा सहभागी नभएका हुन् । “बैठकमा उनले अरु नेताहरुले रेग्मीको बचाउ गर्दा सायद अपमान महसुस गरेका थिए” ती नेताले भने “त्यसका पनि उनले त्यसैदिन बस्ने बैठकमा सहभागी नहुने बताए र त्यसपछिमा बैठक पनि अघोषित बहिष्कार गरे । ”

रेग्मी कामु प्रधानन्यायाशप्रति असन्तुष्ट

सर्वोच्च अदालतले अब प्रधानन्यायाधीशको रुपमा परिचित हुन नपाउने अन्तरिम आदेश गरेकै दिन एकथरीले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीका लागि सर्वोच्च अदालतको ढोका बन्द भएको टिप्पणी गरेका थिए । सर्वोच्चको आदेशसँगै रेग्मी मन्त्रिपरिषद् अध्यक्षका रुपमा सिमित पनि भए । तर पछिल्लो समय कार्यवाहक प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले दिएको अभिव्यक्ति र दलहरुबाटै आइरहेका प्रतिक्रियाले फेरि फर्केर सर्वोच्चमा जान पाउने की नपाउने भन्ने बहसलाई बाहिर ल्याएको छ ।

शनिबार बाग्लुङमा नेपाल बाराके कार्यकारणी सभाको उद्घाटनका क्रममा कार्यवाहक प्रधानन्यायाधीश शर्माले रेग्मी सर्वोच्चमा फर्के आफुले राजीनामा गर्ने बताएका थिए । एउटै व्यक्ति कार्यपालिका र न्यायपालिका प्रमुख हुँदा शक्ति पृथकिकरणको सिद्वान्त विपरित हुने भन्दै विरोध जनाइरहेको बारको कार्यक्रममा पुगेर शर्माले बोलेको विषयमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले अप्रत्यक्ष जानकारी लिएका थिए । उनले शर्माले बालेका विषयमा असन्तुष्टि जनाएका छन् ।

रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले भने त्यसबारेमा अध्यक्ष रेग्मीले कुनै चासो नदिएको प्रतिक्रिया दिए । “यो सरकार चुनाव गराउन आएको हो, अरु कुरा प्रधान होइनन् ।” गौतमले भने “कामु प्रधानन्यायाधीश शर्माको भनाईमा अध्यक्षको कुनै प्रतिक्रिया छैन ।” चार राजनीतिक शक्तिबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउको प्रस्तावमा प्रधानन्यायाधीशको हैसियतमा समेत रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएको उल्लेख छ ।

No comments :

Get Widget