Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : भारतको 'चर्को' रुवावासीपछि चिनियाँ सेना पछि हट्यो

Monday, 6 May 2013

भारतको 'चर्को' रुवावासीपछि चिनियाँ सेना पछि हट्यो


२३ वैशाख,एजेन्सी। भारतको निकै कडा मेहनत र अनुरोध पछि अन्तत चीनले भारतिय भुमिबाट सेना हटाउन शुरु गरेको भारतिय सरकारी स्रोतले जनाएको छ।
चीनले आइतवार देखिनै दौलत वेग ओल्डीबाट सेना हटाउन शुरु गरेको बताएको छ।
भारतको निकै ठुलो कसरतपछि चीन भारतिय भुमिबाट सेना हटाउन राजी भएको हो।
भारतले विदेश सचिव रञ्जन मथाइको नेतृत्वाम चिनसंघ राजनैतिक र कुटनैतिक तीब्र प्रयास गरेको थियो। चिनियाँ सैनिक विुरुद्धको सैन्य कारवाहीबाट भने भारतको बचेको थियो। 
भारतिय र चिनियाँ सैनिकको लगातार ३ वटा फ्ल्याग मिटिङ असफल भएपछि भारतको तनाव सहित त्रस्त रहेको थियो ।भारतमै भारत सरकारको व्यापक आलोचन गरिएको मात्रै थिएन् प्रधानमन्त्री मनमोहन सिहंमाथी तिखो हमला गरिएको थियो।
तर चौथो पटकको फ्ल्याग मिटिङपछि भने दुइ सेना बिच समझदारी भइ चिनियाँ सेना पछि हटेको र भारतिय सेना समेत केहि पछी हटेको बताइएको छ।
आइतवार ३ घण्टासम्म चलेको फ्ल्याग मिटिङमा दइ देश बिच सहमति भएको थियो।
१५ अप्रिलमा चिनियाँ सेना सिमा भन्दा १५ किलोमिटर भित्र छिरेर भारतिय भुमिका बसेका थिए। त्यसपछि भारतिय सेना पनि सिमा नजिक पुगेर बसेको थियो। सहमति पछी दुबै सेना पुरानै स्थानमा फर्कने छन्।

No comments :

Get Widget