Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बिवाह आधा गरेर बेहुली इन्कार

Monday, 13 May 2013

बिवाह आधा गरेर बेहुली इन्कार

बिवाह आधा गरेर बेहुली इन्कार
काठमाडौं, वैशाख ३० गते । कुरो सुन्दै अचम्म लाग्न सक्छ, केटी मागेर पञ्चेबाजा बजाउँदै बेहुली लिन जन्ती सहित जग्गेमा बस्न पुगेका बेहुला विवाह समारोह चलिरहेको बेला अकस्मात विवाह गर्दिन भन्दै जग्गेबाट उठेर हिंडेपछि बेहुली र बेहुलीका परिवारलाई कस्तो आपत् पर्ला ? एकजना बेहुलाले सोमबार राजधानीमा बेहुली वरिपरि जग्गेमा तीन फन्का घुमिसकेपछि बिहे नगर्ने निर्णय गरेका छन् ।

सोमबार काठमाडौं बालाजुकी एक युवती र उनका आफन्तले यस्तै आपत्त व्यहोर्नु पर्‍यो । बालुवाटारका अनील चौलागाईले स्वयंमर गरेपछि अकस्मात् बिहे गर्दिँन भन्दै बेहुलीलाई छाडेका हुन् । सोमबार दिउँसो विवाह समारोह चलिरहेकै बेला बेहुलाले धादिङ घर भई बालाजु बस्दै आएकी खनाल थरकी बेहुलीसँग स्वयंवर गरेर जग्गेको काम गदै गर्दा उनले बिहे नगर्ने घोषणा गरेका हुन् ।

बिहे भइरहेका बेला जग्गेबाट उठी माला र टोपी फुकालेर हातमा लिएका बेहुलाले विवाह गर्न अस्वीकार गरेपछि जन्ती सबै अलमलमा परे भने बेहुली पक्षका आफन्त आक्रोशित भए । गोडा धुनका लागि गाग्री खड्कुला लिएर आएका नातेदार तथा बेहुलीका लागि उपहार लिएर आएका निम्तालु अक्क न बक्क परे । उनले परिवारको करकापमा मण्डपसम्म आएको बताएका छन् । ‘विवाह हुन लागेको छ भनेर मलाई अस्ति मात्र खबर गरेको हो’ उनले भने,’मलाई दुई हप्ता समय दिनुस् भन्दा पनि कर गरेर लिएर आए ।’

विवाहको विषयलाई लिएर घरमा झगडा नै भएको चौलागाईको दाबी छ । बेहुलाले विवाह गर्न अस्विकार गरेको थाहा पाएपछि पुगेका पत्रकारसँग कुरा गर्दै बेहुला अनिलले घर परिवारले जवर्जस्ती गरेर विवाह गर्न दवाव दिएको बताए । उनले भने ‘केही दिनदेखि विवाहको कुरा चलिरहेको थियो । हिजो पनि यही विषयलाई लिएर घरमा झगडा नै भएको थियो’ अनिलले ‘विवाह गर्दिन भन्दा भन्दै पनि बिहान सिंगारेर ल्याए ।’ तपाईको अन्य युवतीसँग प्रेम छ कि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले ‘छैन’ भनेर जवाफ दिए ।

बेहुली पक्षले भने सहमतिमा नै विवाह हुन लागेको तर, चौलागाईले कसैको भड्काउमा लागेर आफूहरुको बेइजत गरेको आरोप लगाएका छन् । सबैले मनाउन खोजे पनि चौलागाई नमानेपछि बेहुली पक्षले क्षतिपूर्ति सहित सार्वजनिक माफीको माग गरेका छन् । बेहुली पक्षले प्रहरीमा उजुरी दिनुका साथै बेहुला अनिलले विवाह गर्न नमानेपछि आधा सम्पत्ति माग गरेका छन् ।

बेहुलीकी हजुरआमाले सबै पक्षको छलफलबाटै विवाह तय गरिएको जानकारी दिइन । विवाह अघि पनि केटा र केटी घुम्न गएको जानकारी दिँदै भनिन ‘हामीले केटो राम्रो छैन भन्दा नातिनीले बुद्धि राम्रो भए भइहाल्यो नि भन्थी ।’

‘नातिनी खुसी थिई । सबै कुरा भएरै विवाहको टुंगो भएको थियो’, बेहुलीकी हजुर आमाले थपीन, ‘पढेको केटो हो भन्थे । अहिले आएर यस्तो गर्‍यो अब खै के भन्ने ?’

बेहुला अनिलले विवाह गर्न नमान्नुको कारण पत्ता लगाउन आफन्तले धेरै बेर सोधखोज गरे ।‘कसैसँग लभ परेको छ हो ?’, बेहुलीका आफन्तले सोधेको प्रश्नमा बेहुला अनिलले भन्नुभयो, ‘छैन हजुर । मेरो कसैसँग लभ परेको छैन ।

No comments :

Get Widget