३० वैशाख,रोल्पा । शनिवार मध्यराति ८ जना कैदि सुरुङ खनेर फरार भएका मध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा र्गैडाको खाग तस्करीका कारण जेलमा रहेका अर्जुन सेन, डाँका चोरी मुद्धामा जेल परेका दिपक पुन र जर्वजस्ती करणीका चम्फे विक रहेका छन्।
अर्जुन सेनलाई सातदोबाटो भन्ने स्थानबाट हिजो साझँ र दिपक पुन र चम्फे विकलाइ जंकोटबाट पक्राउ गरिएको हो ।
। फरार हुनेमा डाँका चोरी मुद्धामा जेल परेका ,राजु थापा, कृष्ण बहादुर वली, बसन्त रोका जर्वजस्ती करणीका ,ध्रुव डाँगी, राज बहादुर वली रहेका छन् ।
उनीहरुले करिब आठ मिटर लम्बाई र डेढ मिटर गोलाई आकारको सुरुङ बनाई जिल्ला कारागार रोल्पाबाट मध्यराति करिब १२ बजेतिर उनीहरु फरार भएका हुन् । ११ जना बस्दै आएको कोठामा अन्य ३ जना भने प्रहरीले थाहा पाएपछि भाग्न नसकेको जनाइएको छ ।
 
 
 
 
No comments :
Post a Comment