६ जेठ, एजेन्सी । अमेरिकाको न्युजर्सी स्थित एक शहर न्युवार्कको एक घरमा भएको ग्यास विस्फोटबाट एक जनाको ज्यान गएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
उक्त दुर्घटनाबाट घर पूर्ण रूपमा नष्ट भएको छ भने घर भत्किँदा एक जना हराइरहेको बताइएको छ । उक्त दुर्घटना घाइते भएका ४ जनालाइ उपचारका लागी नजिकैको अस्पतालमा लगिएको छ भने हराएका व्यक्तिको खोजी कार्य भइरहेको बताइएको छ ।
आज बिहान भएको उक्त विस्फोटबाट आगलागी समेत भएको थियो । उक्त आगलागी निभाउनका लागी ६ वटा अग्नी नियन्त्रक त्यहाँ पुगेको समेत समाचारहरूमा उल्लेख गरिएको छ ।
उक्त दुर्घटनामा १ पुरूष, १ महिला, र तीन बच्चा घाइते भएको बताइएको छ भने मृत्यु हुने व्यक्ति को हुन् भन्नेबारे केही खूल्न सकेको छैन् ।
No comments :
Post a Comment