Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सुतेकी श्रीमतीलाई सिलौटाले हानेर हत्या

Sunday, 5 May 2013

सुतेकी श्रीमतीलाई सिलौटाले हानेर हत्या


नवलपरासी, वैशाख २२ - नवलपरासीको शिव मन्दिरका एक युवकले सुतिराखेकी श्रीमतीलाई सिलौटाले हानेर विभत्स हत्या गरेका छन् ।
शिव मन्दिर गाविस- २ निवासी ३७ वर्षीय विश्वास पौडेलले शनिबार राति १ बजे श्रीमती निदाइरहेको अवस्थामा सिलौटाले टाउकोमा हानेर हत्या गरेका हुन् । मानसिक रोगको औषधी सेवन गर्दै आएका पौडेलले श्रीमतीको हत्या गरेपछि आफैंले प्रहरीलाई खबर गरेका थिए । उनी राति नै इलाका प्रहरी कार्यालय कावासोतीको नियन्त्रणमा छन् ।
उनका ५ वर्षीय एक छोरा छन् । आमासँगै सुतेका छोरालाई उठाएर अर्को विस्तारामा सारेपछि सिलौटाले हानेर हत्या गरेको उनले स्विकारेका छन् ।

No comments :

Get Widget