Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : चीनले लगायो भारतीय नेतामाथी गंभिर आरोप

Tuesday, 14 May 2013

चीनले लगायो भारतीय नेतामाथी गंभिर आरोप


३१ वैशाख,एजेन्सी। चीनको राज्य नियन्त्रित एक समाचारपत्रले भारतीय नेता माथी गंभिर आरोप लगाएको छ।
भारतिय राजनीति नेताहरुले चीनको डर देखाएर भोट द जित्ने र पश्चिमा देशबाट राम्र हतियार किन्ने चलाखी गरेको आरोप लगाइएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीले सञ्चालन गरेको समाचर पत्रको अनलाइनमा भारतीय नेतामाथी यस्तो आरोप लगाइएको हो।
उक्त समाचारपत्रका अनुसार भारतको आन्तरिक समस्या मिलाउने देखि भोटको राजनितिका लागी भारतिय नेताले ट्रिक गरेका हुन्।
कथित चिनियाँ त्रास देखाएर भारतिय नेताहरुले भारतिय जनतालाई मुर्ख बनाएको टिप्पणी सो समाचारपत्रले गरेको छ।
भर्खरै लद्दाख विवादलाई लिएर सो पत्रिकाले भारतिय नेताहरुको बारेमा लेखेको छ-
चीनको बारेमा भारतमा तरंग पैदा गरेर भारतिय राजनितिकर्मीहरु देशको आन्तरिक समस्या मिलाउन सक्दछन, राष्ट्रियतालाई बढाउन सक्दछन र भोटको बढाउन सक्दछन् र त्यसै गरि अन्तराष्ट्रिय हिसावले खतरा भयो भन्दै पश्चिमा देशहरुसंग राम्रा हतियारको र प्रविधी किन्न सक्दछन् ।'
भारतिय नेताको बारेमा यस्तो विश्लेषण गरिएको समाचार सोमवार प्रकाशति भएको छ। यसलाई भारतले भने अर्थपुर्ण मानेको छ। सोमवारनै चिनियाँ प्रिमियर लि केकयाङ भारत आउने मिति तय भएको थियो।
चिनियाँ प्रिमियर मे १९ मा भारतको भ्रमणमा आउँदैछन्।

No comments :

Get Widget