२५ वैशाख काठमाडौं । राजतन्त्र, हिन्दु धर्म सापेक्ष राष्ट र एकात्मक नेपालको माग सहित आर्को राजावादी पार्टीको जन्म हुने भएको छ । राप्रपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र कट्टरराजावादी नेता राजेश्वर देवकोटाले नयाँ पार्टी खोल्ने लगभग पक्का भएको हो ।
राष्टिय प्रजातन्त्र पार्टी र राष्टिय जनशक्ति पार्टीबीच आर्को साता हुने एकीकरण महाधिवेशण पछि चन्दले नयाँ पार्टी खोल्न लागेका हुन् । मंगलावार बसेको दुवै दलको संयुक्त बैठकमा चन्दले संघीयता र धर्मनिरपेक्षताप्रति विमती जनाउदै नयाँ पार्टी गठनको घोषणा गरेका हुन् ।
छुट्टै पार्टी गठन गर्नुभन्दा कमल थापाको पार्टीमा सर्वोच्च नेताको रुपमा जाने संभावना पनि रहेको स्रोतले भन्यो । राजतन्त्रको नारा लिएका धेरै पार्टी गठन भन्दा एउटै बलियो पार्टी बनाउने सोचका साथ दरवारले चन्दलाइ कमल थापाको राप्रपा नेपालमा सम्मानित स्थान दिने संभावना छ ।
चन्द्रसंगै राप्रपाका केही प्रभावशाली नेता समेत नयाँ पार्टीमा सहभागि हुनेछन् । स्रोतका अनुसार चन्द्रको पार्टीमा राजावादी मधेशी नेता बद्रमण्डल, कांग्रेस
छोडेका केही पूर्व राजावादी नेताहरु समेत सामेल हुनेछन।
छोडेका केही पूर्व राजावादी नेताहरु समेत सामेल हुनेछन।
संवैधानिक राजतन्त्र, हिन्दुधर्म सापेक्ष राष्ट्र, विकेन्द्रीकरण र राष्टिय एकतालाइ राजनीतिक सिद्धान्त बनाएर नयाँ पार्टी घोषणा गरिने चन्दका एकजना विश्वास पात्रने नेपाली हेडलाइन्सलाइ बताए । ‘पूरानो राजनीतिक पार्टीले नयाँ जामा लगाउन रहर गरेपछि हामीले विचार मिल्नेसंग एकता गरेर नयाँ पार्टी गठनको निर्णय गर्यौ, चन्द निकट स्रोतले भन्यो ।
No comments :
Post a Comment