Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ''प्रचण्डलाई मार्न खोज्ने दुई पक्राउ''

Friday, 31 May 2013

''प्रचण्डलाई मार्न खोज्ने दुई पक्राउ''

जेठ १७ , काठमाडौ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको हत्याको षड्यन्त्रमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा माओवादी (क्रान्तिकारी)का इन्द्रकुमार चिमोरिया र विष्णु खड्का रहेका छन् ।''
पक्राउ परेका खड्का क्रान्तिकारीको काठमाडौं जिल्ला सेक्रेटरी रहेको खुलेको छ भने चिमौरिया सदस्य हुन् । उनीहरु काठमाडौंमा बसेर पार्टीको नाममा जबर्जस्ती रकम असुली र विध्वंसात्मक घटनामा सक्रिय रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी अधिकारीका अनुसार खड्काले काठमाडौंमा मासु पसल चलाउँदै आएका थिए ।''
बर्दियामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सम्बोधन गर्ने स्थलमा प्रेसर कुकुर बम राखेर प्रचण्डलाई मार्ने षड्यन्त्र गरेका थिए । कार्यक्रम अगाडि नै बम रहेको सूचना पाएपछी उक्त बमलाई प्रहरीले निश्क्रिय बनाएको थियो ।
उनीहरु बिहीबार काठमाडौं चाबहिलबाट पक्राउ परेको जानकारी प्रहरीले दिएको छ ।''
प्रहरीले त्यसबेला पार्टीका बिर्खबहादुर थापा, हरिबहादुर सुनुवार, कल्लु थारु र दलबहादुर गन्धर्वलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरिले पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको थियो । अनुसन्धानको क्रममा उनीहरूले दाहालको हत्याको योजनासहित कार्यक्रमस्थलमा विष्फोटक पदार्थ राखेको बयान दिएको प्रहरीले जनाएको छ ।''

No comments :

Get Widget