१२ जेठ, ताप्लेजुङ । अध्ययन भ्रमणको सिलसिलामा ताप्लेजुङको याम्फुदिन पुगेर फर्किंदै गरेका १७ जना अमेरिकी नागरिक सदरमुकाम नजिकैको हाङदेवा गाविसमा लुटिएका छन् । 
हाङदेवाको आसहाङ पाटीमा वास बसेका बेला गएराति १२ बजेतिर उनीहरू लुटिएका हुन् । प्रहरीले घटनाका शङ्कास्पद चारजना अभियुक्तलाई राति नै पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा हाङदेवा-३ बस्ने १३ वर्षीय रोशन लिम्बू, १६ वर्षीय वीरहाङ मादेन, कुमार श्रेष्ठ, १३ वर्षीय सुरेश मादेन र १४ वर्षीय प्रकाश मादेन रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्दप्रसाद आचार्यले जानकारी दिए ।
उनीहरूले अमेरिकी नागरिकहरूबाट पाँच हजार नेपाली रुपैयाँ, ३०० अमेरिकी डलर, तीनवटा क्यामरा र दुईवटा मोबाइल सेट लुटेको बताइएको छ ।
प्रहरी नायव उपरीक्षक आचार्यले प्रहरी टोली मुचुल्का तयार गर्न घटनास्थलतर्फ गएको र विस्तृत विवरण पछि आउने जानकारी दिए । यो ठाउँ सदरमुकाम फुङलिङबाट करिब एक घण्टाको दूरीमा पर्दछ । रासस
 
 
 
 
No comments :
Post a Comment