काबुल, १२ जेठ । अफगानिस्तानमा अफगान तथा नेटोसँग आवद्ध सैनिकले तालिवान सशस्त्र हतियारधारी विरुद्ध गरेको कारबाहीमा आइतबार बिहानसम्ममा १९ भन्दा बढी तालिवानको ज्यान गएको बताइएको छ ।
सरकारी सेना तथा नेटो सैन्यद्वारा संयुक्त रुपमा गरिएको कारबाहीमा परी ती तालिवान हतियारधारी मारिएको नेटोसँग आवद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले जनाएको छ ।
सो सहयोग बलले आइतबार जारी गरेको विज्ञप्तिमा ती हतियारधारी मारिएको जनाइएको हो । सरकारी सेना र नेटो सैन्यले गत २४ घन्टामा गरिएको कारबाहीका क्रममा ती हतियारधारी मारिएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानमा तालवानी लडाकूका विरुद्ध नेटो र सरकारी सेनाले संयुक्त रुपमा कारबाही गर्ने गरेका छन् । सो कारबाही जारी नै रहँदा शनिबार बिहानसम्म ती हतिायरधारी मारिएको बताइएको हो ।
अफगानिस्तानको घाज्नी, कापिसा ,लाघमान, नान्गर्हार, पाक्टिया र वार्दाक प्रान्तमा गरिएको कारबाहीमा ती सैनिक मारिएका बताइएको छ । उक्त कारबाहीसँगै अफगानिस्तानको सेनाले केही शक्तिशाली हतियार पनि बरामद गरेको जनाएको छ ।
अफगानिस्तानमा सुरक्षा प्रदान गरिरहेका नेटो सैनिकले आगामी सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तान छोडिसक्ने जानकारी यसअघि नै दिइसकेको छ ।
समय नजिकिँदै गर्दापनि त्यहाँ शान्ति सुरक्षाको राम्रो प्रबन्ध भने हुन सकिरहेको छैन । तालिवानीहरुले पनि विभिन्न समयमा सुरक्षाकर्मी तथा सर्वसाधारणको हत्या गर्ने गरेका छन् ।
गत शुक्रबार पनि मध्य काबुलमा रहेको संयुक्त राष्ट्र संघसँगआवद्ध कार्यलयलाई लक्ष्यगरी तालिवानद्धारा गरिएको आत्मघाती बम आक्रमणमा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ घाइते भएका थिए रासस÷सिन्ह्वा

No comments :
Post a Comment