२३ वैशाख,काठमाडौ। । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको नयाँ पार्टी कार्यालय आज उद्घाटन गरिएको छ । 
काठमाडौँको धुम्बाराही पिपलबोटमा करिब १२ आनाको क्षेत्रफलमा ६ महिनाअघि निर्माण सुरु गरिएको दुईतले ‘शशीकला स्मृति भवन’को आज उद्घाटन गरिएको हो । पार्टी अध्यक्ष कमल थापाले भवनको उद्घाटन गरेका हुन् ।
सो भवन पुर्व राजा ज्ञानेन्द्रको आर्थिक सहयोगमा बनेको थाहा भएको छ। केही दिन अघि उक्त भवन राजा ज्ञानेन्द्रालई उदघाट्न गर्न कमल थापाले आग्रह गरेको भए पनि पुर्व राजाले अस्विकार गरेको बताइएको छ।
पुर्व राजा ज्ञानेन्द्रले एउटा पार्टीको भवन उदघाट्न गर्दा धेरै अर्थ लाग्ने भन्दै कमल थापाको आग्रहलाई इन्कार गरेका थिए। थापालाई ढाडस दिँदै पुर्व राजाले सकेजति सहयोग गर्ने वचन दिएको एक राप्रपा नेपालका नेताले बताएका छन् ।
आज नयाँ भवनको उदघाटन गर्दे थापाले नयाँ भवनमा हुने राजनीतिक गतिविधिले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज सोही नयाँ भवनमा बसेको थियो । बैठकमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गरेका थिए । बैठक मंगलबार पनि बस्दैछ
 
 

 
 
No comments :
Post a Comment