Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : नेपाली युवक मलेसियामा कम्पनी मालिकद्धारा बेपत्ता

Saturday, 25 May 2013

नेपाली युवक मलेसियामा कम्पनी मालिकद्धारा बेपत्ता

११ जेठ, मलेसिया । रूपन्देही धकधइकी फूलमती मल्लाहलाई मलेसियामा रहेका छोरा रामदेवको गत अप्रिल १५ मा फोन आयो । सन्चो बिसन्चोको कुरा भएपछि केही महिनामै घर आउँदै छु भन्दै छोटो कुराकानी गरेर रामदेवले फोन राखे । छोरो आउने समय नजिकै गरेको खुसियालीमा रहेकी फूलमायालाई त्यसको भोलिपल्ट गाउँकै उनका अन्य साथीले फोन गरे ।
‘रामदेवलाई त मालिकले कम्पनीबाट लग्यो, खबर सुनाए । कहाँ भनेर फूलमतीले सोधिन् जवाफ आयो 'हामीलाई पनि थाहा छैन ।' झस्किइन उनी । अप्रिल १५ र १६ गते को घटना सम्झदै शुक्रवार फूलमायाले भनिन्, ‘त्यसपछि छोरो न हाम्रो न साथीभाईको सम्पर्कमा छ ।’ साउथ एसियन इम्पलाइमेण्ट मेनपार काठमाडौंबाट दुई बर्षअघि रोजगारीका लागि मलेसियास्थित फर्म उद्योग गुडनाइट कम्पनीमा गएका रूपन्देही धकधई गाविस वडा नम्वर ६ का ३० बर्षीय रामदेव मल्लाहलाई कम्पनीले बेपत्ता पारेको परिवारजनको दावी छ ।
एक महिनाअघि कम्पनीले न्युन तलव दिएको भन्दै तलव बृद्धि माग गरेपछि उनलाई बेपत्ता पारिएको हो । उनलाई सोही कम्पनीमा कार्यरत अन्य नेपाली कामदारहरुसँग सम्पर्कमा ल्याइएको छैन् । एक सयभन्दा बढी नेपाली रहेको उक्त कम्पनीमा उनी सुपरभाइजरको काम गर्दै आएका थिए । मेलेसियाको उक्त गुडनाइट कम्पनीमा उनी यसअघि पनि आउने जाने गरेका थिए ।
यसपटक भिसा अवधी सकिनै लाग्दा समेत कम्पनीले घर आउन दिन मानेको थिएन । त्यसपछि तलव बृद्धि गरे काम गर्ने अन्यथा काम नगर्ने भन्दै कैयौ नेपालीले आवाज उठाएका थिए । त्यसपछि भिसा अवधी सकिने अन्तिम समयमा आएर केहीलाई बिदा दियो ।
कम्पनीले केहीलाई बिदा दिएन । सोही कम्पनीबाट हप्तादिन अघी घर आएका धकधईका सुरेस कुर्मीले भने, ‘नेपाली कामदारलाई उक्साएर तलव बृद्धिको माग गरेको भन्दै रामदेवलाई मालिकले नै आफ्नो गाडीमा राखेर बाहिर लग्यो ।’ त्यसपछि कसैको सम्पर्कमा ल्याइएको छैन । ‘मालिकलाई सोध्दा चुप लाग भन्थ्यो,’ उनले भने । कम्पनीमा तलव बृद्धिको माग गरेपछि छोरालाई बेपत्ता पारिएको भन्दै रामदेवकी आमा फूलमती मल्लाहले स्थिति पत्ता लगाइदिन अनुरोध गर्दै वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय तथा मेनपावर कम्पनीमा निवेदन दिएकी छन् ।
निवेदन दिएको दुई हप्ताभन्दा बढी हुँदासमेत छोराको स्थिति सार्वजनिक नभएपछि परिवारजन चिन्तित बनेका छन् । बेपत्ता भएको खवर सुनेलगत्तै दुई–दुई पटकसम्म काठमाडौ गएर मेनपावर, वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसम्म पुगे पनि ती निकायहरुले समेत खोजविनका लागि चासो नदेखाएको परिवारको आरोप छ ।
जहिले सोध्यो प्रक्रिया सुरु भइसक्यो भन्छन् । आमा फूलमतीले भनिन्, ‘छोरो कुन अवस्थामा छ, खवर कतैबाट आउँदैन ।’ उनका दुई छोरामध्ये रामदेव जेठा हुन् । दुईछोरा, एक छोरी र श्रीमती रहेका रामदेवलेकै कमाइले परिवार चलेको छ ।

No comments :

Get Widget