Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ट्विटरमा खिल्ली उडाइएपछी बाबुरामले दिए उपदेश

Saturday, 25 May 2013

ट्विटरमा खिल्ली उडाइएपछी बाबुरामले दिए उपदेश

११ जेठ,काठमाडौ।
ट्विटरमा केही व्यक्तिले विरोध गर्दै आलोचना गरे पछी एमाओवादीका उपाध्यक्ष तथा पर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा उपदेश दिन शुरु गरेका छन्। 
नेपालमा ट्विटरमा उपलब्ध तथा सक्रिय एकमात्र ठुला नेता भएकाले पनि उनीसम्म मानिसहरुले ट्विटरबाट सहज पहुँच पाएका छन्। 
ट्विटरमा बाबुराम बारे सकारात्मक र नकारात्मक दुबै प्रतिक्रिया आउने गरेका छन्।
बाबुरामले आएका प्रतिक्रिया मध्य केहीको जवाफ पनि दिने गरेका छन्। 
तर शनिवार भने बाबुरामले ट्विटरमा एका एक उपदेश दिन शुरु गरे ।
पहिले बाबुरामको पक्षमा एउटा ट्विट आएको थियो । भद्धा शब्दमा एक व्यक्तिले केही मानिसले बाबुरामलाई ट्विटरमा अनफलो गर्ने भनेपनि फलो त बढेको देखियो भन्दै ट्विट गरेका थिए।
त्यसको जवाफमा खुसि व्यक्त गर्दे ट्विट हान्दा अन्यले झटारो हान्ने खतरा भएकाले बाबुरामले खुसी भने जनाएनन्।
अर्को तिर केही ट्विटेहरुले भने निहित स्वार्थको लागी देश बन्धक बनाएको भन्दै झटारो हानेका थिए,केही भने व्यक्तिगत फाईदाको लागी युवाको प्रयोग गरेर भन्दै झम्टिएका थिए।
चेपुवा पर्दै गएपछि बाबुराम उपदेश दिँदै भने सोसियल मिडिया साथी बनाउन प्रयोग गरौ दुश्मन बनाउन होइन्। यसका साथै उनले सुरुङमा उज्यालोको रुपमा र आशावादी बनाउन पनि सोसियल मिडियाको प्रयोग गर्नु पर्छ अरु चिजका लागि होइन् भन्दै पाठ सिकाए ।

No comments :

Get Widget