
२५ बैशाख, काठमाडौ । मलेसियामा भइरहेको एसीसी यु-१९ क्रिकेट प्रतियोगिताको समूह चरणका सम्पूर्ण खेलमा विजय हात पार्दै समूह विजेताका रूपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । 
आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो । हारका वावजुत मलेसिया पनि समिफाइनल प्रवेश गरेको छ । 
भर्खरै सम्पन्न खेलमा नेपालले पछ्याएको ७० रनको झीनो लक्ष्य ३ विकेट गुमाउँदै मात्र २४ ओभर ४ बलमा भेट्टाएको थियो । नेपाललाई जीत दिलाउनका लागी हरिशंकर शाहले अविजित २८ रन जोडेका थिए भने बिबस्त्सु थापाले १७ रन, अमित श्रेष्ठले १० रन र निश्चल पाण्डेले ७ रन जोडेका थिए । मलेसियाका लागि पवनदिप सिंह, नदेश, मुथुले समान १-१ विकेट हात पारेका थिए । 
यसअघि टस जितेर ब्याटिङ थालेको मलेसियाले अभिनाश कर्णको बलिङ सामू घुँडा टेक्दै मात्र ६९ रनमा समेटिएको छ । कर्ण लगायत अन्य नेपाली बलरका सामू धेरै बेर टिक्न नसक्दा मलेसिया झीनो स्कोरमा समेटिएको हो । 
भर्खर सम्पन्न खेलमा मलेसियाले मात्र २२ ओभर ४ बलमा आफ्ना सबै विकेट गुमाउँदै ६९ रन जोडेको थियो । मलेसियाका लागी डिभेन्द्रन मोगानले सर्वाधिक २२ रन, र अमिरुद्धिनले १५ रन जोड्नुबाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंक जोड्न सकेनन् । मलेसियाका ३ ब्याट्स्म्यान बिना कुनै रन बनाई पेभेलियन फर्के भने दुई ब्याट्स्म्यान मात्र १ रन जोडेर फर्केका थिए । 
मलेसियालाई उक्त झिनो स्कोरमा समेट्न नेपालका अभिनाश कर्णले ६ विकेट हात पारेका थिए भने कप्तान भुवन कार्कीले २ तथा यज्ञमान कुमाल र शुशान्त भारीले समान १-१ विकेट हात पारेका थिए । जारी प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका अभिनाश कर्णले आज पनि आफ्नो लयलाइ कायम राख्दै निकै आक्रामक बलिङ गरेका छन् । उनले ८ ओभर बलिङ गर्दै १ मेडन राखेर ६ विकेट लिँदा मात्र ३१ रन दिएका थिए । यस्तै कप्तान भुवन कार्कीले ७ ओभर बलिङ गर्दै २ मेडन सहित २ विकेट लिएर १६ रन दिएका थिए । 
४ वटा खेलमा अविनाशले १९ विकेट लिइसकेका छन् । 
खेलको म्यान अफ द म्याच ६ विकेट लिएका अविनाश कर्ण भएका छन् ।
खेलको म्यान अफ द म्याच ६ विकेट लिएका अविनाश कर्ण भएका छन् ।
 
 
 
 
No comments :
Post a Comment