Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सुन बजारमा सुनामी, फेरी बढ्यो ह्वात्तै

Friday, 24 May 2013

सुन बजारमा सुनामी, फेरी बढ्यो ह्वात्तै

१० जेठ, काठमाडौ । निकै अस्थिर रहेको सुनको मूल्य फेरी आज अर्थात् बिहिबार बढेको छ । केही समयदेखि निकै उतारचढाव बेहोरिरहेको सुनको मूल्य आज बिहिबारभन्दा ७ सय ५० रूपैयाँले बढेको छ ।
अन्तराष्ट्रिय स्तरमा समेत अस्थिर बनेको सुनको मूल्य आज प्रतितोला ५१ हजारमा बिक्रि भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन पनि आज प्रतितोला ७ सय ५० रूपैयाँले नै बढेको छ । आज प्रतितोला ५० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजाबी सुन बिहिबार ५० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य ६ रूपैयाले बढेको छ । चाँदी तोलाको ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

No comments :

Get Widget