Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कनिकनि उप्रेती भने–‘मंसीरमा निर्वाचन हुन्छ, आशंका नगरौ’

Friday, 3 May 2013

कनिकनि उप्रेती भने–‘मंसीरमा निर्वाचन हुन्छ, आशंका नगरौ’


२० वेशाख,काठमाडौ। प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उपे्रतीले आगामी मंसीरमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरेका छन । सरकार र राजनीतिक दल उत्साह पूर्वक निर्वाचनको तयारीमा लागेका कारण मंसीरमा निर्वाचन हुनेमा आशंका गर्नु नपर्ने उनको भनाइ थियो ।
काठमाण्डौको गोकर्णमा एकीकृत घुम्ती शिविरको अबलोकनगर्दै प्रमुख आयुक्त उपे्रतीले मंसीरमा निर्वाचन हुने दोहोर्यानउदै नकारात्मक कुरा नगर्न आग्रह गरेका हुन । ‘सरकार र निर्वाचन आयोग तयारीमा लागिसके, उप्रेती भने–मंसीरमा निर्वाचन पक्का भयो ।’ उप्रेती मतदाता नामावली संकलन कार्यमा सहभागि हुन सबैसंग अपील गरेका छन ।
पत्रकारसंग औपचारिक रुपमा मंसीरमा निर्वाचन गर्ने बताएपनि उपे्रतीले मंसीरमा निर्वाचन हुनेमा खुलेर बोल्न भने सकेनन् । उनले कनिकनि भने–‘निर्वाचन हुन्छ, मंसीरमै हुन्छ, नकारात्मक कुरा नगरिदिनु होला ।’

No comments :

Get Widget