Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ठुलो परिमाणमा हतियार बरामद

Wednesday, 17 April 2013

ठुलो परिमाणमा हतियार बरामद


४ बैशाख, काठमाडौ । काठमाडौको बालाजु स्थित नयाँ बसपार्क पछाडी रहेको एक अखडामा छापा मार्दा ठुलो परिमाणमा हतियार बरामद भएको छ । नयाँ बसपार्क पछाडीको एक अखडामा शंकास्पद गतिविधि भइरहेको सुचना पाएपछि छापा मार्न गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अध्याधुनिक जि एस जि फाईभ बन्दुकको ५३ राउण्ड प्वाईन्ट टु–टु क्यालिभर गोलीसहितका हतियार बरामद गरेको हो । 
प्रहरीले अरुण थापा, यमबहादुर थापा, पंकज सहित ९ जनाको समुहलाई नियन्त्रणमा लिई केरकार गर्दा अखडासँगै रहेको थापाकी सालीको डेराबाट सिक्सर लिभल्वर र २ राउण्ड गोली बरामद भएको थियो । प्रहरीले महिलालाई पनि पक्राउ गरेको छ । 
प्रहरीले घटनास्थलबाट तरबार, खुकुरी र चक्कु समेत बरामद भएको जनाएको छ । मुख्य अभियुक्त अरुण थापाले जि एस जि फाईभ बन्दुकको लाइसेन्स देखाएपनि नक्कली भएको आशंका गरिएको छ । स्थानीयले अखडामा लामो समयदेखि शंकास्पद गतिविधि भइरहेको सुराक प्रहरीलाई दिएका थिए ।
अभियुक्तहरु एकिकृत नेकपा माओवादी निकटको वाईसिएल भन्दै लुटपाट र डकैतीमा संलग्न रहेको प्रहरीले दाबि गरेको छ । यही समुहले केही दिन अघि नयाँ बसपार्कमा एक जनालाई पेस्तोल देखाई खुकुरी प्रहार गरेको आशंका गरिएको छ । अभियुक्तहरुलाई बालाजु बृत्तमा राखि थप अनुसन्धान भइरहेको छ ।

No comments :

Get Widget