Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : श्रीमती संग अवैध सम्बन्ध राख्ने साथीलाई जिउदै गाडीदिए

Thursday, 11 April 2013

श्रीमती संग अवैध सम्बन्ध राख्ने साथीलाई जिउदै गाडीदिए


आफ्नै साथीले श्रीमतीसँग अवैध सम्बन्ध राखेको थाहा पाएर भारतको तान्जाभुरमा ४१ वर्षका चन्द्रशेखरले उनकै साथी ३७ वर्षीय नदिमुथुलाई जिउँदै गाडिदिएका छन् । असल मित्र रहेका नदिमुथुले आफ्नो श्रीमतिसँग अवैध सम्बन्ध राखेको आरोपमा उनले जिँउदै गाडिदिएका हुन् । उनीहरू लामो समय असल मित्र रहेका थिए तर त्यही मित्रताको फाइदा उठाएर साथीकै श्रीमतिसँग अवैध सम्बन्ध राखेपछी चन्द्रशेखरलाई नदिमुथुले जमिनमा गाडिदिएका हुन् ।
श्रीमतीसँगको अवैध सम्बन्धका बारेमा थाहा पाएपछी श्रीमतीलाई यसबारे सजग गराएपनि उनीहरूको सम्बन्ध नछुटेपछी नदिमुथुले चन्द्रशेखरलाई गत सोमबार एक बियर पार्टीमा बोलाए र उक्त पार्टीमा नदिमुथु र उनका साथी मिलेर यति धेरै रक्सी पिलाए की चन्द्रशेखरले आफ्नो होस नै गुमाउन पुगे । यही मौकाको फाइदा उठाएर नदीमुथुले चन्द्रशेखरलाई अग्नी नदीको किनारमा लगेर नदीको पुलमुनी जिँउदै गाडिदिए ।
यता आफ्नो श्रीमान् घरमा नफर्केपछी चन्द्रशेखरकी पत्नीले उनलाई खोज्न थालिन् । यसैक्रममा उनका छिमेकीले चन्द्रशेखर नदिमुथु र उनका साथीहरूसँग रहेको बताएपछी उनले नदिमुथुलाई चन्द्रशेखरका बारेमा सोधिन् तर उनले फरक-फरक कुरा बताउँन थालेपछी शंका उब्जियो र चन्द्रशेखरकी श्रीमतीले प्रहरीमा रिपोर्ट लेखाइन् र प्रहरीले आफ्नो काम सुरू गर्यो ।
यसैक्रममा प्रहरीले नदिमुथुलाई यस घटनाबारे केरकार गरेपछी आफ्नो अपराध स्विकार गर्दै चन्द्रशेखरलाई गाडेको ठाउँमा लगेका थिए । प्रहरीले चन्द्रशेखरको शरिरलाई निकालेर पोष्टमार्टमका लागी पठाएको छ भने नदिमुथुलाई प्रहरीले हिरासतमा राखेका छन् ।-नेपालीहेडलाइन्स

No comments :

Get Widget