संखुवासभा, वैशाख २ - संखुवासभा सदरमुकाम खाँदबारीमा सोमबार बिहान भीषण आगलागी भएको छ । आगलागीबाट ४ वटा घर पुर्णरुपमा जलेर नष्ट भएको छ । मानवीय क्षति भएको छैन । आगलागीवाट करिब ७ करोड रुपैयाँको क्षति भएको प्रहरीको अनुमान छ । विहान ३ बजे एक्कासि कृष्णमान शाक्यको घरवाट अगोको मुस्लो निस्किएको थियो । आगलागीबाट भरत श्रेष्ठ, दीनेश श्रेष्ठ, रामकाजी राई र कृष्णमान शाक्यको घर जलेर नष्ट भएको हो । आगोमा परेर कृष्णमानको ७ लाख रुपैयाँ जलेको छ । क्षति भएका ४ वटै घरमा भएका इलेक्ट्रोनिक्स, जुत्ता र मोवाईल पसल जलेको छ । आगो करिव ४ घण्टापछि नियन्त्रणमा लिईएको छ । एक्कासि आगलागी भएपछि चिच्याहाट र भागडौड मच्चिएको थियो । आगो निभाउन ५० सेना, जनपथ र सशस्त्र प्रहरी गरि १ सय ५० जना तथा १ हजार बढी स्थानीयवासीन्दा सहभागी भएका थिए । खाँदबारीमा दमकल नभएका कारण आगो निभाउन समस्या भएको थियो । आर्मी क्याम्पमा भएको १ लाख लिटर क्षमताको ट्याङकीको पानी प्रयोग गरिएको थियो । हिले, धरान र विराटनगरवाट दमकल ल्याउने सम्भावना नदेखिएपछि स्थानीयबासीमा त्रासि देखिएको थियो । आगो निभाउन स्थानीयले घरघरबाट पानी बोकेका थिए । वजारका अन्य क्षेत्रमा आगो सल्किने सम्भावना बढेपछि नेपाली सेनाको बराहदल गुल्म, ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाले आगो फैलन नदिन रमेश विकको घर भत्काएका थिए । खाँदबारी नगरपालिकासंग स्थानीयले पटकपटक दमकलको माग गरेको भएपनि बेवास्ता गरेको स्थानीयले बताएका छन् । अगो निभाउन ट्याक्टर र ट्रकको प्रयोग गरेर सभा र अरुण खोलावाट समेत पानी ल्याइएको प्रहरी नायव उपरीक्षक रुपम लामाले बताए । आगो कसरी लाग्यो भन्ने पत्ता नलागेको उनले बताए । आगलागीमा लत्ता कपडा, धान, काठपात र पसलका सवै सामाग्री नष्ट भएको छ । 
 
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
Subscribe to:
Post Comments
                                      (
                                      Atom
                                      )
                                    
 
 
 
No comments :
Post a Comment