Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सुनको मुल्यमा भारी गिरावट, अहिले सम्मकै रेकर्ड तोड्यो

Monday, 15 April 2013

सुनको मुल्यमा भारी गिरावट, अहिले सम्मकै रेकर्ड तोड्यो

२ बैशाख, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३३ सय रुपैयाँ घटेको छ । गत शुक्रबार प्रातितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यो भन्दा अगाडि यति धेरै मात्रामा सुनको मूल्य घटेको थिएन । अन्तर्राष्ट्रिय बजार सुनको मूल्यमा आएको भारी गिरावटले नेपाली बजारमा पनि सुनको मूल्यमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार बजारमा तेजाबी सुन तोलाको ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । २०६९ साल भदौ महिनाको अन्तिमतिर ६१ हजार ८ सय रुपैयाँमा पुगेर कारोबार भएको सुनको मूल्य घट्दै आएर सोमबार ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । बैशाख महिनाको सुरुवातसँगै विवाहको मौसम समेत सुरु भएको छ । बजारमा सुनको अभाव भइरहेपनि सुनको मूल्यमा आएको व्यापक गिरावटले विवाहको तयारी गरिरहेकाहरुलाई भने राहत मिलेको छ । यसैगरी सोमबार नेपाली बजारमा चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँ घटेर ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी तोलाको १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । 

No comments :

Get Widget