Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : अमेरिकामा बम पड्काउने वास्तविक व्यक्ति पक्राउ

Saturday, 20 April 2013

अमेरिकामा बम पड्काउने वास्तविक व्यक्ति पक्राउ

७ बैशाख, एजेन्सी । अमेरिकाको बोस्टनमा भइरहेको म्याराथुनमा भएको बम विस्फोट गराउने वास्तविक आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । 
बम विस्फोटमा संलग्न रहेका १९ वर्षीय जोखर सार्नेभलाई प्रहरीले घाइते अवस्थामा पक्राउ गरेको हो । शुक्रबार राती वाटरटाउनबाट डुङ्गामा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । 
शुक्रबार राती स्थानीय समयानुसार ७ बजेतिर ती युवक र प्रहरीबीच केहि गोली समेत चलेको बताइएको छ । गोली हानाहान हुँदा ती युवक घाइते भएका थिए भने उनले केहीबेरपछी आत्मसमर्पण गरेका थिए । उनलाई दुई पटक गोली लागेपछी आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । 
जोखर लुकेको स्थानबारे जानकारी पाएपछी प्रहरीको ठूलो टोली त्यसतर्फ गएको थियो । हेलिकप्टर तथा स्थलबाट प्रहरीको टोली जोखरलाई पक्राउ गर्नका लागी वाटरटाउनतर्फ गएको थियो । 
अहिले ती युवकको बेथ इजरायल डिकोनेस नामक मेडिकल सेन्टरमा उपचार भइरहेको बताइएको छ । उनको हालत निकै गम्भिर भएको बताइएको छ । 
उनीसँगै उकत विस्फोटमा संलग्न रहेका उनका दाईको मृत्यु भइसकेको छ भने उनी बच्न सफल भएका थिए र लुक्दै आएका थिए । उनका २६ वर्षीय दाई तामेर्लान सार्नेभको मृत्यु भएको थीयो । 
यी दुवै दाजुभाई सन् २००२ देखी अमेरिकामा बस्दै आएका थिए । यीनीहरू रूसको चेच्नियाँ भन्ने ठाऊँबाट अमेरिका बसाई सरेका थिए ।
यसअघि, बोस्टनमा बम पड्काउने व्यक्ति भारतीय मुलका सुनिल भनिएपनि उनको यस घटना कुनै संलग्नता नभएको प्रहरीले जनाएको छ ।

No comments :

Get Widget