Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : जापानी भुभागमा चिनियाँ सेना छिर्यो

Tuesday, 9 April 2013

जापानी भुभागमा चिनियाँ सेना छिर्यो


२७ चैत,एजेन्सी। जापानले आफ्नो नियन्त्रणमा रहेको टापुमा चीनको सरकारी जहाज छिरेको आरोप लगाएको छ। जापानी कोस्टगार्डले जनाए अनुसार मंगलवार स्थानिय समय अनुसार १० बजे ३ चिनियाँ पानीजहाज सेनकाकु द्धीपमा देखिएको जापानले आरोप लगाएको हो।
सेनकाकु द्धिपमाथी जापान र चीनले आफ्नो भएको दावी गर्दै आएका छन् ।यो द्धीपमाथी ताइवानले समेत दाबी गर्ने गरेको छ। जापानले भने सेनकाकु आफ्नो भएको भन्दै चिनियाँ सेनाको उपस्थितिलाई जापानको राष्ट्रियता माथीको आक्रमणको रुपमा बुझ्ने गरेको छ।
एशियामा आर्थिक शक्तिको रुपमा चीनलाई टक्कर दिने हैसियत राखे पनि सामरिकरुपमा भने जापान चीन भन्दा धेरै पछाडी परिसकेको छ।

No comments :

Get Widget